काँग्रेसले दुईवटा पार्टी मिल्यो भनेर रिस गर्नु जरुरी छैन, अर्को चुनावमा सिला खोज्नु नपरोस अध्यक्ष पुष्पकमल दाहाल



नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता असाधारण र बहुआयामिक भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालले कृष्ण सेन ‘इच्छुक’को स्मरणमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एकता मुलुक निर्माणका लागि जनअपेक्षित परिघटना भए पनि चुनौती उस्तै रहेको बताउनुभयो ।

देश र जनताका सामु गरेको प्रतिबद्धतालाई पूरा गर्नका लागि आफूहरुले एउटै कम्युनिष्ट पार्टी बनाएको भन्दै उहाँले एकताबाट देशभित्र र बाहिर पनि नयाँ आशा र विश्वासको सञ्चार पैदा भएको बताउनुभयो । मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउने र जनताको अपेक्षालाई सम्बोधन गर्दै अगाडि बढ्नु यतिखेरको प्रमुख चुनौती रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालले भन्नुभयो, “जनताको अपेक्षा पूरा गराउने ठूलो चुनौती रहेको छ । त्यो चुनौती पूरा गर्न हामीले ठूलो मेहनत गर्नु गर्नु जरुरी छ । सामान्य तरिकाले अगाडि बढेर हुनेवाला छैन ।”आर्थिक विकासलाई केन्द्रमा राखेर एकीकृत कम्युनिष्ट पार्टी अगाडि बढ्ने उल्लेख गर्दै उहाँले सबै वर्ग तथा क्षेत्रलाई समेत साथै लिएर जाने अभियानमा आफूहरु रहेको उहाँको भनाइ छ ।

एकताका क्रममा केहीले केन्द्रीय समितिमा स्थान नपाएकामा चिन्ता गरेको प्रसंग जोड्दै उहाँले भन्नुभयो, ‘एकताका क्रममा केहीलाई केन्द्रीय समितिमा परिन कि भन्ने चिन्ता पनि होला,’ अध्यक्ष दाहालले भन्नुभयो, ‘देश बनाउने महान् अभियान शुरु भएको छ । आज नपरेर के भो त ? भोलि अवश्य परिहाल्नुहुन्छ । कुनै न कुनै जिम्मेवारी पार्टीले दिन्छ । दिएको जिम्मेवारीको इमान्दारीताका साथ पालना गर्नुस् ।’

उहाँले सबै नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिएर एकीकृतरुपमा राष्ट्र निर्माणमा केन्द्रित हुने आफूहरुको सदिच्छा रहेको बताउनुभयो । फरक एक प्रसंगमा अध्यक्ष दाहालले लोकतन्त्र र जनताको पक्षमा निरन्तर लडेको पार्टीको हैसियतले आफूहरु नै सच्चा लोकतन्त्रवादी र स्वतन्त्र प्रेसको पक्षधर रहेको बताउनुभयो ।

प्रेस स्वतन्त्रता र पत्रकारको हक हितका लागि आफूहरुले सबैभन्दा अग्रस्थानमा रहेर काम गर्ने र जनताको सूचनाप्राप्त गर्ने अधिकारलाई सम्मान गरिने अध्यक्ष दाहालको भनाइ थियो । परिवर्तनको रक्षा गर्ने र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्षप्रति संकेत गर्दै भन्नुभयो, ‘रिस र आवेगले केही हुनेवाला छैन । नेपाली काँग्रेस हाम्रो सहयात्री नै हो, तर दुईवटा पार्टी मिल्यो भनेर रिस गर्ने र आवेगले काम गर्नु जरुरी छैन । त्यसले कोही कसैको हित गर्दैन ।’

उहाँले मधेश केन्द्रित र अन्य वामपन्थी शक्तिलाई मिलाएर जाने प्रयासमा आफूहरु रहेको र केही दिनभित्रै सकारात्मक परिणाम निस्कने जानकारी दिनुभयो । अध्यक्ष दाहालले कृष्ण सेन इच्छुक, त्याग र समर्पणको प्रतिमूर्ति रहनु भएको भन्दै उहाँले देखाएको मार्गमा निरन्तर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

कृष्णसेन स्मृति पुरस्कार मैनालीलाई

प्रेस सेन्टर नेपालले स्थापना गरेको कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार सामुदायिक रेडियोका अभियन्ता एवं पत्रकार रघु मैनालीलाई प्रदान गरिएको छ । रु ५ हजार राशिको सो पुरस्कार नेकपाका अध्यक्ष दाहालले आज प्रदान गर्नुभयो । सामुदायिक रेडियोका माध्यमबाट आम जनताको जीवनस्तर सुधार्न र उनीहरुमा सूचनाको पहुँच पुर्याउन गर्नुभएको योगदानको चर्चा गर्दै सो पुरस्कार प्रदान गरिएको कार्यक्रममा जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय

२६ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

    बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । अघिल्लो

निर्माण कम्पनीहरुको रकम दशैं अगाडि भुक्तानी हुन्छ : अर्थमन्त्री

    अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं

सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट