राष्ट्रपतिलाई विवादमा नल्याउन प्रधानमन्त्रीको प्रतिपक्षलाई यस्तो चेतावनी, राष्ट्रपतिले सरकारले लेखेर दिएका शव्द पढेको भनाई



हाम्रो इकोनोमि

स्थानीय सरकार सञ्चालनमा तानातान जस्तो देखिएपनि त्यसलाई व्यवस्थित बनाउँदै लैजाने प्रधानमन्त्री केपी ओलीले बताएका छन् ।
प्रतिनिधि सभामा आइतबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘सरकार सञ्चालनका विषयमा केही अन्योल भएजस्तो देखिएको छ, त्यसमा संघीय सरकार सजग छ ।’
शिक्षा समाजउपयोगी बनाउने तयारीमा सरकार लागेको भन्दै साक्षरमात्रै हुने, प्रमाणपत्र बोक्नेमात्रै नभई दक्ष, योग्य र प्रतिपर्धी शिक्षाको आवाश्यकता भएकाले प्राविधिक शिक्षामा जोड दिएको पनि बताए ।

स्वास्थ्य जनताको अधिकार भएको र त्यसलाई त्यसरी नै सरकारले लिएको भन्दै उनले सवै किसिमका स्वाथ्यसेवाको विकास गर्ने लक्ष्य र योजना सरकारले अघि सारेको प्रधानन्त्रीले बताए ।

उनले सामाजिक कुसस्कार र विकृतिविरुद्ध सरकार आक्रामक ढंगले प्रस्तुत हुने र त्यस्ता विकृतिलाइ समाजबाट हटाउने दावी गरे ।

प्रधानमन्त्री ओलीले केही सांसदले केही नपाएपछि राष्ट्रपतिले सभामुख र राष्ट्रिय सभाअध्यक्षलाई सम्मान नगरेको प्रसंग उठाएको भन्दै त्यो राष्ट्रपतिले नभएर सरकारले लेखेर दिएका शव्दहरु पढेकाले राष्ट्रपतिलाई विवादमा नल्याउन आग्रह गरे ।

कांग्रेसले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा सभामुखलाई आदरार्थी शव्दले सम्बोधन नगरेको भन्दै जवाफ माग गरेको थियो ।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमप्रति संशोधन राख्ने माननीयहरुलाई आफूले धेरै कुरा स्पष्ट पारेकाले संशोधन फिर्ता लिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...