छोरा प्रकाशको नाममा आयोजित रक्तदानमा प्रचण्डको सिंगो परिवार यसरी धरधरी रोयो



हाम्रो इकोनोमि

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वको सगरमाथलो विश्वका जनातालाई एकतावद्ध बनाउने काम गरेको बताएका छन्।
सगरमाथा आरोहण संघले शनिबार अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘नेपाल राष्ट्र र नेपाली जनताको इतिहासमा सगरमाथाले संस्कृति, सभ्यता, एकता र गौरवलाई मात्र होइन विश्वभरिका जनताको एकता र गौरवलाई पनि आफ्नो प्रक्रियामा सामेल गराएको छ।’

अध्यक्ष प्रचण्डले सर्वोच्च शिखर सगरमाथा मुलुकको एकता र गौरवको प्रतिक भएको बताए। उनले सगरमाथा आरोहीहरुले समाजसेवा र मानव सेवाको माध्यामबाट मुलुकलाई समृद्ध बनाउन अझै महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।
विश्वको सर्वोच्च शिखर सगरमाथामा तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले आरोहण गरेपछि विभिन्न कीर्तिमान कायम भएको भन्दै अध्यक्ष प्रचण्डले आरोहणका क्रममा धेरै मानिसहरुले जीवनको उत्सर्ग पनि गरेको बताए।

दिवंगत सगरमाथा आरोहीहरुको स्मृतिमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा अध्यक्ष प्रचण्डसहित पत्नी सिता दाहालको पनि उपस्थिति रहेको थियो। प्रकाशको तारिफ हुदा प्रचण्ड सिता र प्रकाश पत्नी धरधरी रोएका थिए।

प्रचण्डका छोरा स्वर्गीय छोरा प्रकाश दाहालले पनि सगरमाथाको सफल आरोहण गरेका थिए। कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री एवम् स्वर्गीय प्रकाश दाहालकी पत्नी विना मगरको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...