छोरा प्रकाशको नाममा आयोजित रक्तदानमा प्रचण्डको सिंगो परिवार यसरी धरधरी रोयो



हाम्रो इकोनोमि

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वको सगरमाथलो विश्वका जनातालाई एकतावद्ध बनाउने काम गरेको बताएका छन्।
सगरमाथा आरोहण संघले शनिबार अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘नेपाल राष्ट्र र नेपाली जनताको इतिहासमा सगरमाथाले संस्कृति, सभ्यता, एकता र गौरवलाई मात्र होइन विश्वभरिका जनताको एकता र गौरवलाई पनि आफ्नो प्रक्रियामा सामेल गराएको छ।’

अध्यक्ष प्रचण्डले सर्वोच्च शिखर सगरमाथा मुलुकको एकता र गौरवको प्रतिक भएको बताए। उनले सगरमाथा आरोहीहरुले समाजसेवा र मानव सेवाको माध्यामबाट मुलुकलाई समृद्ध बनाउन अझै महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।
विश्वको सर्वोच्च शिखर सगरमाथामा तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले आरोहण गरेपछि विभिन्न कीर्तिमान कायम भएको भन्दै अध्यक्ष प्रचण्डले आरोहणका क्रममा धेरै मानिसहरुले जीवनको उत्सर्ग पनि गरेको बताए।

दिवंगत सगरमाथा आरोहीहरुको स्मृतिमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा अध्यक्ष प्रचण्डसहित पत्नी सिता दाहालको पनि उपस्थिति रहेको थियो। प्रकाशको तारिफ हुदा प्रचण्ड सिता र प्रकाश पत्नी धरधरी रोएका थिए।

प्रचण्डका छोरा स्वर्गीय छोरा प्रकाश दाहालले पनि सगरमाथाको सफल आरोहण गरेका थिए। कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री एवम् स्वर्गीय प्रकाश दाहालकी पत्नी विना मगरको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...