कुन अर्थमन्त्रीको पालामा कति थियो वजेट,ओली सरकारले बनायो यति रकमको यस्तो बजेट



हाम्रो इकोनोमि

पछिल्ला एक दशकयता बजेटको आकार ह्वात्तै बढेको छ डा  बाबुराम भट्टराई अर्थमन्त्री हुँदा  आर्थिक बर्ष ०६५  ६६ मा  दुई खर्ब ३६ अर्ब एक करोड ५८ लाख ९७ हजारको बजेट ल्याएका थिए ।
यस्तै सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा ६६ ६७  मा दुई खर्ब ८५ अर्ब ३३ करोडको बजेट ल्याइएको थियो ।
आव ०६७ ६८ मा  सुरेन्द्र  पाण्डे नै अर्थमन्त्री थिए । त्यो समयमा ३  खर्ब ३७ अर्ब ९० करोडको बजेट प्रस्तुत गरेका थिए ।

भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा  ३ खर्ब ८४ अर्ब ९० करोडको बजेट प्रस्तुत गरिएको थियो ।
यस्तै बर्षमान पुन अर्थमन्त्री हुँदा बजेट घोषणा गर्न पाएनन् ।

खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारको अर्थमन्त्री भए शंकर कोइराला उनले ५ खर्ब २० अर्बको बजेट घोषणा गरेका थिए ।
डा रामशरण महत २९ असार ०७१ मा ६ खर्ब १८ अर्ब १० करोडको बजेट प्रस्तुत गरेका थिए ।
यस्तै आव ०७२ ७३९ मा रामशरण महतले ८  खर्ब ४१ अर्ब बजेट प्रस्तुत गरेका थिए ।
पछाडिका अर्थमन्त्री बिष्णु पौडेलले साढे १० खर्बको बजेट सार्वजनिक गरे ।
कृष्ण बहादुर महरा अर्थमन्त्री हुँदा  १२ खर्ब ८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार बजेट विनियोजन भएको थियो । यो आर्थिक बर्षमा बजेटको आकार १२ खर्बभन्दा बढी हुने अर्थ मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...