ओली सरकारका मन्त्री अटेरी भएको भन्दै रन्किएर सभामुख महराले गरे यस्तो रुलिङ



सभामुख कृष्णबहादुर महराले सरकारलाई समयमै संसदमा उपस्थित हुन रुलिङ गरेका छन् ।

शुक्रबारको संसद बैठक बिहान १० बजे बोलाइए पनि कोही पनि मन्त्री उपस्थित नहुँदा पौने घण्टा ढिलो गरी बैठक सुरु गर्नुपरेपछि सभामुख महराले सरकारलाई तोकिएकै समयमा उपस्थित हुन ध्यानाकर्षण गराएका हुन् ।

सरकार आफैले पेश गरेको आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि शुक्रबार पनि छलफल जारी रहने कार्यसूचि तय भए पनि सरकारको उपस्थिति नहुँदा सभामुखले मन्त्रीलाई कुरेर बस्नु परेको थियो ।

सरकारको प्रतिनिधिको पर्खाइमा बसेका सभामुख महराले वनमन्त्री शक्तिबहादुर बस्नेत संसद भवनमा पुग्ने वित्तिकै घण्टी बजाएका थिए ।

संसदबाट सभामुख महराले भने, ‘संसदमा सरकारको उपस्थिति ढिलो भएको छ । यसतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु । मन्त्रीलगायत सबैको उपस्थिति समयमै होस् ।’

दुवै सदनको काम कारबाही सुरु हुन संसदमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने संसदीय अभ्यास छ । अझ नीति तथा कार्यक्रममाथि छलफल चलिरहेका बेला संसदमा प्रधानमन्त्री र अर्थमन्त्रीको उपस्थित हुनुलाई राम्रो मानिन्छ ।

संसदप्रति उत्तरदायी भएको दाबी गर्ने नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा २३ जना मन्त्री भए पनि अधिकांश मन्त्री संसदमा उपस्थित हुँदैनन् ।

यस्तै सभामुख महराले सांसदहरुलाई पनि नियममित रुपमा संसदमा उपस्थित हुन रुलिङ गरेका छन्।

नीति तथा कार्यक्रमाथि छलफल चलिरहँदा संसदका अधिकांश कुर्सी खाली हुन थालेपछि महराले सांसदहरुलाई पनि बैठकमा उपस्थित हुन निर्देशन दिएका हुन् । सांसदहरु आफूले पाएको समयमा बोलेर हिड्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय

२६ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

    बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । अघिल्लो

निर्माण कम्पनीहरुको रकम दशैं अगाडि भुक्तानी हुन्छ : अर्थमन्त्री

    अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं

सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट