ललितपुरमा तीन घर जलेर ध्वस्त,३० लाख बढीको क्षति



हाम्रो इकोनोमि

ललिपुर मंगलबजारको तीनवटा घरमा आगलागी भएको छ । शुक्रबार बिहान स्थानीय नरहरिप्रासद लाखेको घरबाट सुरु भएको आगोका कारण सानुप्रासद लाखे र गीताप्रसाद लागेको घरमा पनि क्षति भएको छ ।

पहिला एउटै रहेको घर जादुभाइ छुट्टिने बेला तीनवटा बनाइएको थियो । विद्युत सर्ट भएर आगलागी भएको लगनखेल प्रहरीले जनाएको छ ।

बिहान साढे ८ बजे लागेको आगो ललिपुर, भक्तपुर तथा काठमाडौँबाट गएका दमकल, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा झण्डै दुई घण्टापछि नियन्त्रणमा आएको मंगलबजार ट्राफिक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सरोज प्रजापतिले जानकारी दिएका छन् ।

आगलागीबाट घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने घरमा रहेका सामान पनि जलेका छन् । यसबाट ३० लाख भन्दा बढीको नोक्सानी भएको अनुमान छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...