पूर्व राजा ज्ञानेन्द्रको दवाब र ज्योतिषीको सल्लाहमा यसरी संगै बस्न थाले पारस र हिमानी



हाम्रो इकोनोमि

झण्डै ६ बर्षदेखि कटु सम्बन्धमा रहेका पूर्व युवराज पारश शाह र पूर्व युवराज्ञी हिमानी शाहबीचको सम्बन्धमा सुधार आएको छ।लामो समयपछि पारश–हिमानी आफ्ना दुई सन्तानका साथ हर्षित मुद्रामा रहेको तस्वीर एकजना सञ्चारकर्मीले सार्वजनिक गरेका छन्।

मंगलबार साँझ राजधानीको कुनै रेष्टुरेन्टमा पारश र हिमानी छोरा हृदयेन्द्र र कान्छी छोरी कृतिका सहित देखिन्छन्।

‘एउटा इन्टरेष्टिङ फ्रेमः एउटा साधारण परिवारको ताजा असाधारण तस्वीर’ क्याप्सन राखेर सञ्चारकर्मी भूषण दाहालले पारश–हिमानीको ट्वीटरमार्फत् सार्वजनिक गरेका हुन्।

त्यो तस्वीर मंगलबार (८ जेठ २०७५) को भएको दाहालले बताए। तर त्यसबारे बिस्तृत जानकारी आफूलाई पनि नभएको दावी उनले गरे।

‘मलाई मेरो कुनै साथीले त्यो तस्वीर पठाइदियो, रेष्टुरेन्टमा सँगै गएको बेला भेटेपछि खिचेको रहेछ’ दाहालले भने, ‘तर कहाँको भन्ने कुरा मैले सोधिन।’

५ बर्षअघि ब्याङ्ककमा रहँदा थाई युवती कन्निका चाइसर्नसँगको सम्बन्धका कारण पारश–हिमानीबीचको सम्बन्ध दरार उत्पन्न भएको थियो।

थाइलैण्डमै रहेकी कन्निकाले भने पारशलाई बिर्सन सकेकी छैनन्, त्यसैले बेलाबेला उनीसँगका पुराना तस्वीर फेसबुकमा पोष्ट गरिरहन्छिन्।
कतिपय अवस्थामा त दुईबीचको बैवाहिक सम्बन्ध झण्डै पारपाचुकेको हदमा समेत पुगेको थियो। तर, निर्मल निवासले त्यो चाहिँ हुन दिएन।

थाइलैण्डमा पक्राउ परेपछि पारश नेपाल फर्केपनि पारश भिन्दै बस्दै आएका थिए। उनी पछिल्लो समय बहिनी शीताष्मासँग इमाडोलमा बस्दै आएका थिए।

दुई हप्ताअघि पनि राजधानीको त्रिशरा नामक रेष्टुरेन्टमा पूर्व शाही परिवार रात्रिभोजका लागि गएको थियो, जहाँ पारश र हिमानीपनि थिए।
पूर्वराजा ज्ञानेन्द्र र आमा कोमलसँगै रेष्टुरेन्टमा गएपनि पारश र हिमानी सँगै रहेको तस्वीर भने सार्वजनिक भएको थिएन।एक जना ज्योतिषीको सल्लाह बमोजिम उनीहरुको मिल्ती भएको हो।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...