प्रचण्डले ६ जनाको नाम दिन नसक्दा नेकपाको स्थाीय कमिटिले आकार लिन सकेन



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीले स्थायी कमिटिलाइ पूर्णता दिन सकेको छैन । अध्यक्ष प्रचण्डले पूर्व नेकपा माओवादी केन्द्रका तर्फबाट छान्नुपर्ने ६ जनाको नाम टुङ्गो लगाउन नसक्दा स्थायी कमिटी अपूर्ण भएको हो ।

प्रचण्ड तत्कालीन माओवादी केन्द्रको तर्फबाट स्थायी कमिटीमा समावेश गर्नुपर्ने १९ जनामध्ये १३ जनाको टुङ्गो लागे पनि ६ जनामा कसलाई समेट्ने भन्नेमा अन्यौल छन् ।

पूर्वमाओवादीबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामवहादुर थापा बादल हाइकमाण्ड सदस्य छन् । त्यस्तै टोपवहादुर रायमाझी, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिवोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, अग्नि सापकोटा, मात्रिका यादव विगतको वरिष्ठताका आधारमा स्थायी कमिटीमा पर्ने निश्चित छ ।

बाँकी ६ जनामा पर्न करीब एक दर्जन नेताहरुको प्रतिस्पर्धा छ । अमिक शेरचन स्थायी आमन्त्रित सदस्य हुने भएका छन् । बाँकी ६ जनाभित्र पर्न लिलामणि पोखरेल, मणि थापा, देवेन्द्र पौडेल, चन्द्रप्रसाद खनाल, कुलप्रसाद केसी, राम कार्की, हितमान शाक्य, तिलक परियार, लेखराज भट्ट, रामचन्द्र झालगायतका नेताहरुको नाममा छलफल भइरहेको स्रोतले जनाएको छ ।

४५ सदस्यीय स्थायी कमिटीमा तत्कालीन एमालेबाट रहने २६ जनाको टुंगो लागिसकेको छ । तत्कालीन एमालेबाट स्थायी कमिटीमा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल स्वतः परेका छन् । उनीहरु हाईकमाण्डमा पनि छन् ।

त्यस्तै, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई नेकपाको स्थायी कमिटीमा परेका छन् । सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, छविलाल विश्वकर्मा, किरण गुरुङ र सत्यनारायण मण्डल स्वतः स्थायी कमिटी सदस्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...