राष्ट्रपतिले सम्बोधन गर्दा संसद्‌को घोर अपमान भएकै हो भन्दै संसदमा यसरी कुर्लिए बाबुराम भट्टराई



हाम्रो इकोनोमि

नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सम्वोधन गर्दा राष्ट्रपति विद्यादेवि भण्डारीबाट संघीय संसद्‌का सभामुख र अध्यक्षको अपमान भएको टिप्पणी गरेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्‌को अपमान भएको भन्दै संशोधन नै दर्ता गराएको अवस्थामा पूर्व प्रधानमन्त्री भट्टराईले नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै यस्तो टिप्पणी गरेका हुन्।

‘राष्ट्रपतिले सम्वोधन गर्दा माननीय सभामुख र राष्ट्रियसभाका अध्यक्ष नभन्नु मर्यादापूर्ण सम्वोधन गरिएन भन्ने कुरा मलाई पनि लागेको छ,’ संसद्‌मा भट्टराईले भने, ‘संसदीय अभ्यासमा प्रतिनिधिसभा  र राष्ट्रियसभाका अध्यक्ष उच्चतम व्यक्ति हुन्छन् र उनीहरुको सम्मान गर्ने यसको परम्परा हो।’

नीति तथा कार्यक्रम सरकारी दस्तावेज भएकाले मर्यादापूर्ण ढंगले सम्वोधन हुनपर्नेमा त्यसो हुन नसकेको कुरा सरकारले स्वीकार गर्नुपर्ने भट्टराईले तर्क गरे।

‘सार्वभौम जनताले चुनेका संसद्‌ले छानेको सभामुख र अध्यक्षको मर्यादापूर्ण रुपमा सम्वोधन गरिनुपर्छ,’ भट्टराईले भने, ‘सच्चा लोकतन्त्रमा प्रतिनिधिसभामा नै सर्वोच्च हुन्छ भन्ने कुरा स्थापित मान्यता हो, यसलाई सबैले मान्नुपर्छ।’

संसद्‌ले बनाएको संविधानप्रति आफूलाई गर्व रहेको भन्दै भट्टराईले उन्नत किसिमको संविधानले तय गरेका मान्यतामा सबै रहनुपर्ने बताए।

संसद्‌मा हुने छलफललाई कर्मकाण्डी मात्र बनाउन नहुने भन्दै उनले सबै सांसदलाई स्वतन्त्र रुपमा विचार व्यक्त गर्ने कुरामा हस्तक्षेप गर्न नहुने विचार राखे।

आफू अर्थमन्त्री हुँदा संसद्‌बाट पाएको मध्ये उचित १५ वटा सुझाव स्वीकार गर्दै बजेटमा समावेश गरेको स्मरण गर्दै अहिलेको सरकारलाई पनि सांसदका राम्रा सुझाव स्वीकार गर्न डा भट्टराईले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...