ओली र प्रचण्डलाई सातो जाने गरी हप्की दप्की गर्ने यी दुई भाई नेकपाको ‘हाइकमाण्ड’मा थपिने भए



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय (हाइकमाण्ड)मा दुई जना सदस्य थप गर्ने तयारी भएको छ ।
नेकपा स्रोतका अनुसार तत्कालीन एमाले र माओवादी केन्द्रका तर्फबाट एक–एक जना थप्ने तयारी भएको हो ।
नौ सदस्यीय सचिवालयमा दुई जना थपगरी ११ सदस्यीय बनाउने तयारी भएको हो । दुई पार्टीबीच एकताको गृहकार्य गरेका जनार्दन शर्मा र तत्कालीन एमालेका उपाध्यक्ष भीम रावललाई सचिवालयमा थप्ने तयारी भइरहेको बुझिएको छ ।

रावलले आफूलाई सचिवालयमा नपारिएको प्रति आक्रोश व्यक्त गर्दै आएका छन् । ‘सचिवालयमा दुईजना सदस्य थप्ने तयारी छ,’ नेकपा स्रोतले भन्यो ।

पार्टी एकता हुनुपूर्व रावल एमालेमा माधवकुमार नेपाल समूहको प्रतिनिधित्व गर्दै बैठकहरूमा सहभागी हुने गरेका थिए ।

अर्कोतर्फ पार्टी एकतामा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै विष्णु पौडेललाई महासचिवको जिम्मा दिइएको छ । तर उत्तिकै भूमिका खेलेका शर्माले भने पार्टीमा भूमिका पाएका थिएनन् ।
सोमवार बसेको नेकपा सचिवालयको बैठकमा दुई सदस्य थप गर्नेबारे छलफल भएको थियो । विवाद निस्किने डरले यस्तो तयारीलाई गोप्य नै राखिएको स्रोतको दाबी छ ।

सचिवालयको बैठकले ४ सय ४१ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिँदै अनुमोदन गरेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर जेठ ३ गते बनेको नेकपाले ४५ सदस्यीय स्थायी समिति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...