ओली र प्रचण्डलाई सातो जाने गरी हप्की दप्की गर्ने यी दुई भाई नेकपाको ‘हाइकमाण्ड’मा थपिने भए



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय (हाइकमाण्ड)मा दुई जना सदस्य थप गर्ने तयारी भएको छ ।
नेकपा स्रोतका अनुसार तत्कालीन एमाले र माओवादी केन्द्रका तर्फबाट एक–एक जना थप्ने तयारी भएको हो ।
नौ सदस्यीय सचिवालयमा दुई जना थपगरी ११ सदस्यीय बनाउने तयारी भएको हो । दुई पार्टीबीच एकताको गृहकार्य गरेका जनार्दन शर्मा र तत्कालीन एमालेका उपाध्यक्ष भीम रावललाई सचिवालयमा थप्ने तयारी भइरहेको बुझिएको छ ।

रावलले आफूलाई सचिवालयमा नपारिएको प्रति आक्रोश व्यक्त गर्दै आएका छन् । ‘सचिवालयमा दुईजना सदस्य थप्ने तयारी छ,’ नेकपा स्रोतले भन्यो ।

पार्टी एकता हुनुपूर्व रावल एमालेमा माधवकुमार नेपाल समूहको प्रतिनिधित्व गर्दै बैठकहरूमा सहभागी हुने गरेका थिए ।

अर्कोतर्फ पार्टी एकतामा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै विष्णु पौडेललाई महासचिवको जिम्मा दिइएको छ । तर उत्तिकै भूमिका खेलेका शर्माले भने पार्टीमा भूमिका पाएका थिएनन् ।
सोमवार बसेको नेकपा सचिवालयको बैठकमा दुई सदस्य थप गर्नेबारे छलफल भएको थियो । विवाद निस्किने डरले यस्तो तयारीलाई गोप्य नै राखिएको स्रोतको दाबी छ ।

सचिवालयको बैठकले ४ सय ४१ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिँदै अनुमोदन गरेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर जेठ ३ गते बनेको नेकपाले ४५ सदस्यीय स्थायी समिति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...