नेपाली काँग्रेस, फोरम, राजपा, र राप्रपाले सरकारको नीति तथा कार्यक्रममा ६ वटा संशोधन प्रस्ताव पेश



हाम्रो इकोनोमि

सरकारको नीति तथा कार्यक्रममा ६ वटा संशोधन प्रस्ताव पेश गरिएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टी, नेपालका सांसदहरुले  ६ वटा संशोधन प्रस्ताव पेश गरेका हुन् ।

नेपाली काँग्रेसका १७ जना सांसदहरुको तर्फबाट नेता डा. मिनेन्द्र रिजालले पेश गरेको संशोधन प्रस्तावमा नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई सम्बोधन गर्दा अपमानजनक पदावली प्रयोग गरेको भन्दै त्यसमा संशोधन गर्न माग गरिएको छ ।

नेता रिजालले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संसदको सभामुख र राष्ट्रिय सभाका अध्यक्ष जस्तो सम्मानित पदलाई अपमान हुने गरी राष्ट्रपतिले सम्बोधन गरेको भन्दै आपत्ति जनाए । उनले संसदको मर्यादामाथि नै आँच आउने गरी राष्ट्रपतिबाट भएको सम्बोधनलाई सामान्य त्रुटिको रुपमा नलिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

संघीय समाजवादी फोरम, नेपालका सांसदहरु प्रदिप यादव, रामसहाय प्रसाद यादव, सुरेन्द्रकुमार यादव र रेणुका गुरुङ तथा राष्ट्रिय जनता पार्टी, नेपालका सांसद अनिल झाले संविधान संशोधन गर्नुपर्ने मुख्य बूँदा नीति तथा कार्यक्रममा थप गर्न माग गर्दै संशोधन प्रस्ताव पेश गरे ।

संघीय समाजवादी फोरम, नेपालका सांसद प्रदीप यादवले सरकारले ल्याएको नीति तथा कार्यक्रमले सहिदहरुको अपमान समेत गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद अनिल झाले मुुलुकलाई शान्ति र समृद्धिको बाटोमा अघि बढाउन पनि संविधान संशोधन गरेर अघि बढनुको विकल्प नरहेकाले सरकारको नीति तथा कार्यक्रममा सो बुदा थप गर्न संशोधन प्रस्ताव पेश गर्र्नु परेको स्पष्ट पारे ।

सांसद यादवले ‘सुःखी नेपाली र समृद्ध नेपाल’ बनाउन पनि सरकारले आफ्नो नीति तथा कार्यक्रममा मधेशी जनताको माग अनुसार संविधान संशोधन गर्नेछु भन्ने प्रतिवद्धतासहितको बूदा थप गर्नुपर्ने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...