प्रधानमन्त्री ओलीको बैंक खाता ४२ लाख,सबै सम्पति श्रीमतीका नाममा,जग्गा कति सुन कति?



हाम्रो इकोनोमि

 प्रधानमन्त्री लगायत मन्त्रीहरुले सम्पती विवरण सार्वजनिक गरेका छन्।

विवरण अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको बैंक खातामा ४२ लाख रुपैयाँ छ। एभरेष्ट बैंकमा रहेको खातामा ४२ लाख रुपैयाँ रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ। जून रकम तलब भत्ता बापतको भएको उल्लेख गरिएको छ।

ओलीको सम्पती श्रीमती राधिका शाक्यको नाममा छ। २ वटा घर छन्। २ कित्ता जग्गा छ, जसमध्ये एउटा १ रोपनी र अर्काे डेढ रोपनी छ। जून जग्गामा २ वटा घर छन्।

त्यस्तै झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा छ। ओलीसँग करिब १७÷१८ तोला गहना रहेको उल्लेख छ।

त्यस्तै श्रीमती राधिकाको नाममा ३ वटा बैंकमा खाता छन्। माछापुच्छ«े बैकमा ४ लाख, प्रभ बैंकमा ६ लाख, राष्ट्रिय वचतपत्रमा २५ लाख रुपैयाँ लगानी छ। राष्ट्र बैंकका पूर्व कर्मचारीका रुपमा उक्त बचत रहेको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...