सुन समितिले गोरेको पक्राउपछि पायो यस्तो सूचना,सुन काण्डमा पूर्व मन्त्रीको नाम जोडीएर आयो यस्तो बयान



हाम्रो इकोनोमि

सुन तस्करी र मोरङका शनम शाक्य हत्या प्रकरणको छानबिन गर्न गृह मन्त्रालयका सह–सचिवको संयोजकत्वमा गठित समितिले पक्राउ परेका चूडामणि उप्रेती (गोरे)बाट थप सूचना र प्रमाण फेला पारेको जनाएको छ ।

मंगलवार विहान काठमाडौंबाट पक्राउ परेका गोरेलाई गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने क्रममा समितिका संयोजक ईश्वर पौडेलले गोरेबाट थप महत्वपूर्ण सूचना प्राप्त भएको बताए ।

‘सुन तस्करी र सनम शाक्य हत्यासम्बन्धी मुद्दा अहिले जिल्ला अदालत मोरङमा बिचाराधीन अवस्थामा छ,’ सह–सचिव पौडेलले भने, ‘मुद्दाका अभियुक्त र थप केही व्यक्तिको विषयमा गोरेबाट महत्वपूर्ण सूचना प्राप्त भएका छन् ।’

सह–सचिव पौडेलले गोरेबाट प्राप्त थप सूचनाका आधारमा समितिले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको बताए । ‘थप केही व्यक्तिको विषयमा पनि सूचना प्राप्त भएकाले अनुसन्धानको दायरलाई बढाएका छौं,’ पौडेलले भने, ‘सुन तस्करीमा संलग्न थप केही अभियुक्त पनि पक्राउ पर्न सक्छन् ।’

विगत ५ वर्षदेखि संगठित रुपमै सुन तस्करीमा संलग्न गोरे मंगलवार विहान काठमाडौंको गौरीघाटबाट पक्राउ परेका हुन् । मोरङको उर्लावारी–४ स्थायी घर भएका गोरे काठमाडौंको गौरीघाटमा बस्दै आएका थिए । श्रोतका अनुसार गोरेले पूर्व गृह मन्त्री सहितका केही प्रभाब साली नेताको नाम लिएका छन्।

प्रहरीको उच्च स्रोतबाट प्राप्त जानकारीका अनुसार गोरे भारतबाट परिवारका व्यक्तिलाई भेट्न भनेर काठमाडौं आएका थिए । समितिले गोरे काठमाडौं आउन लागेको सूचना तीन दिन अगाडि प्राप्त गरेको थियो ।
गोरेलाई काठमाडौंमै पक्राउ गर्न गृह मन्त्रालयद्वारा गठित समितिका सबै सदस्यहरु परिचालन गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...