ओली र प्रचण्ड अझै केन्द्रीय सदस्यको नाम छाँट-काँट गर्दै,४४१ कै नाम आज सार्वजनिक गरिदै



हाम्रो इकोनोमि

नेपाल कम्युनिस्ट पार्टीले चार सय ४१ केन्द्रीय कमिटी सदस्यहरुको नामावली आज सार्वजनिक गर्ने भएको छ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले सबै केन्द्रीय सदस्यको नाम टुंगो लगाइसकेको छ।

केन्द्रीय कमिटी सदस्यको पूर्णसूची निर्वाचन आयोगमा बुझाइसकेपछि आजै दिउँसो नामावली सार्वजनिक गर्ने तयारी छ।
केन्द्रीय कमिटीमा तत्कालीन एमालेबाट दुई सय ४१ तथा माओवादी केन्द्रबाट दुई सय सदस्य छन्। पूर्वएमालेबाट एक सय ९६ जना साबिक केन्द्रीय सदस्य तथा ४५ नयाँ अनुहार समेटिएका छन्।

माओवादीबाट ८६ जना केन्द्रीय सचिवालय र बाँकी साबिकको दुई सय ९९ सदस्यीय पोलिटब्युरो तथा पार्टी प्रवेश गरेकाहरूबाट समेटिएका पूर्व माओवादी श्रोतले जनाएको छ।

पूर्व माओवादीले झण्डै चार हजार केन्द्रीय सदस्यबाट दुई सयलाई केन्द्रीय सदस्यमा छनौट गरेको हो।
नेकपाले आगामी तीन महिनाभित्र केन्द्रीय कमिटीमातहतका सबै कमिटी र जनसंगठनहरूको एकीकरण सम्पन्न गर्ने निर्णय गरेको छ। त्यसको लागि तीनवटा छुट्टाछुट्टै कार्यदल गठन गरिएको नेकपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...