ओली र प्रचण्ड अझै केन्द्रीय सदस्यको नाम छाँट-काँट गर्दै,४४१ कै नाम आज सार्वजनिक गरिदै



हाम्रो इकोनोमि

नेपाल कम्युनिस्ट पार्टीले चार सय ४१ केन्द्रीय कमिटी सदस्यहरुको नामावली आज सार्वजनिक गर्ने भएको छ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले सबै केन्द्रीय सदस्यको नाम टुंगो लगाइसकेको छ।

केन्द्रीय कमिटी सदस्यको पूर्णसूची निर्वाचन आयोगमा बुझाइसकेपछि आजै दिउँसो नामावली सार्वजनिक गर्ने तयारी छ।
केन्द्रीय कमिटीमा तत्कालीन एमालेबाट दुई सय ४१ तथा माओवादी केन्द्रबाट दुई सय सदस्य छन्। पूर्वएमालेबाट एक सय ९६ जना साबिक केन्द्रीय सदस्य तथा ४५ नयाँ अनुहार समेटिएका छन्।

माओवादीबाट ८६ जना केन्द्रीय सचिवालय र बाँकी साबिकको दुई सय ९९ सदस्यीय पोलिटब्युरो तथा पार्टी प्रवेश गरेकाहरूबाट समेटिएका पूर्व माओवादी श्रोतले जनाएको छ।

पूर्व माओवादीले झण्डै चार हजार केन्द्रीय सदस्यबाट दुई सयलाई केन्द्रीय सदस्यमा छनौट गरेको हो।
नेकपाले आगामी तीन महिनाभित्र केन्द्रीय कमिटीमातहतका सबै कमिटी र जनसंगठनहरूको एकीकरण सम्पन्न गर्ने निर्णय गरेको छ। त्यसको लागि तीनवटा छुट्टाछुट्टै कार्यदल गठन गरिएको नेकपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
एमालेको अध्यक्षमा ओली र पोखरेलले दिए उम्मेदवारी

     नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष...

ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...

ओली पक्षबाट उपमहासचिवमा लेखराज भट्टको दाबी

    नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् ।...

ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?

    नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष...