देउवाले सत्तोसराप गरेको ओली सरकारको विजयकुमार गच्छदारले यसरी तारिफ गर्दै यति सम्म भन्न भ्याए



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता विजयकुमार गच्छदारले सरकारले ल्याएको नीति तथा कार्यक्रम समग्रमा राम्रै भएपनि अब कार्यान्वयनमा चूनौति रहेको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभा /प्रतिनिधिसभाको संयुक्त बैठकमा प्रस्तुत गरेपछि संसद भवन परिसरमा आज पत्रकारहरुसँग कुरा गर्दै नेता गच्छदारले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने,‘सरकारका नीति तथा कार्यक्रम राम्रो हुन्छन् । राम्रो हुँदाहुँदैपनि त्यसलाई व्यवहारमा कसरी उतार्ने भन्ने कुरा मुख्य हो, अब हेरौं नीतिलाई बजेटमा कसरी ल्याउँछन् ? त्यो महत्वपूर्ण कुरा हो।’

सरकारले नयाँ प्रतिबद्धतासहित नीति तथा कार्यक्रम ल्याएपनि कृषि तथा सिँचाईलाई फोकस नगरेको उनको गुनासो छ । त्यस्तै उनले नीति तथा कार्यक्रमबारे आफ्नो पार्टी कांग्रेसले आधिकारिक रुपमा भोलि वा पर्सी धारणा सार्वजनिक गर्ने जानकारी दिए ।

राष्ट्रपति भण्डारीबाट वर्तमान सरकारको पहिलो नीति तथा कार्यक्रम सदनमा आज अपराह्न प्रस्तुत गरेकी हुन् । तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गत फागुन ३ गते वर्तमान सरकार गठन भएको थियो ।

राष्ट्रपति भण्डारी नयाँ बानेश्वरस्थित संसद् भवनमा आगमन हुँदा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, न्याय, कानून तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङ, संसद् सचिवालयका महासचिवसहित सचिवालयका उच्च अधिकृतले स्वागत गरेका थिए ।
सोही अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...