बालकृष्ण ढुंगेल सहितका यी र यस्ता आठ सय ५० कैदीलाई ओली सरकारले यसरी दिने भयो आम माफी



हाम्रो इकोनोमि

सरकारलै आठ सय ५० भन्दा बढी कैदीलाई आम माफी दिने तयारी गरेको छ। आम माफीका लागि कारागार ब्यवस्थापन विभागले पेश गरेको आठ सय ५० भन्दा बढी कैदीको सूचीलाई गृह मन्त्रालयले अन्तिम रुप दिने तयारी गरिरहेको छ।

मन्त्रिपरिषद् बैठकले निर्णय गरी राष्ट्रपतिले स्वीकृत गरेपछि आम माफी कार्यान्वयनको प्रकृयामा जान्छ। सरकारले दशै‌ र गणतन्त्र दिवशको अवसर पारेर हरेक वर्ष कैदीलाई आम माफी दिने गरेको छ। ४० प्रतिशत सजाय काटेका र असल चालचलन भएका कैदीहरु मात्र यसको हकदार हुन्छन्। तर विभिन्न २३ कसुरमा भने आम माफी दिन नमिल्ने ब्यवस्था छ।

जिल्ला कारागार र जिल्ला प्रशासन प्रमुखले सिफारिस गरेपछि कारागार ब्यवस्थापनले देशभरबाट आएका त्यस्ता सिफारिसमध्येबाट सुची तयार गर्छ र त्यसलाई गृहले अन्तिम रुप दिने गर्दछ । स्रोतका अनुसार यस किसिमका आम माफी राजनितिक लबिङको प्रभाव पनि अत्यधिक रहने गर्दछ।

सरकारले गत दशैको उपलक्ष्यमा देशभरका चार सय ३३ कैदीलाई आम माफी दिएको थियो। कारागार ब्यवस्थापन विभागका अनुसार हाल देशभरका कारागारमा करिब २० हजार कैदीबन्दी छन्। बाल कृष्ण ढुंगेल समेतले आम माफी पाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...