मलेसिया जाने कामदारसँग ढाड खुस्किने गरी अवैध पैसा असुल्ने यी ४० व्यवसायीलाई प्रहरीले चलायो ठगी मुद्दा (सूची-सहित)



वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारलाई भीसा प्रोसेसिङ तथा स्वास्थ्य परीक्षणका नाममा ठगी गर्ने व्यवसायीहरुलाई प्रहरीले ठगी मुद्दामा कारबाही अघि बढाएको छ। पक्राउ परेकाहरुलाई ठगी मुद्दामा अदालतबाट म्याद थप गरी थुनामा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए।

३१ वटा कम्पनीका ४० जनालाई ठगी मुद्दामा थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। दुई मेडिकल सेन्टरका सञ्चालकहरु फरार छन्। कम्पनीमा अन्य सञ्चालकहरुको पनि विवरण लिएर अनुसन्धान अघि बढाइएको डिएसपी थापाले बताए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको वैदेशिक रोजगारीमा जाने कामदारमाथि भिएलएन नामक कम्पनीले लिँदै आएको अतिरिक्त शुल्क खारेज गरेको थियो। त्यसपछि त्यसरी हुँदै आएको ठगीमा संलग्नहरुलाई पक्राउ गरी कारबाही गर्न पत्राचार भएपछि आइतबार डिआइजी धिरु बस्नेतको नेतृत्वमा उपत्यकामा विभिन्न मेडिकलहरुमा छापा हानी भिएलएन तथा त्यसमा आबद्ध मेडिकलहरुलाई कारबाही गरिएको हो।

मेडिकल सञ्चालक 

जिएसजी सर्भिस नेपाल, महाराजगगञ्ज फरार
कुलेश्वर पोलिक्लिन– मोनिका श्रेष्ठ
स्वर्णिम मेडिकल सेन्टर सुन्धारा– गणेश तिमल्सिना र देवेन्द्र आचार्य
सुपर हेल्थ केयर सुन्धारा– केशर थापा
वान स्टप सेन्टर गैरीधारा– रामप्रसाद श्रेष्ठ
फ्युजन पोलिक्किनिक एन्ड डाइनेक्सिस सेन्टर बिजुलीबजार– सरिता गिरी
हिमालय डायनोग्सिस क्लिनिक, कोटेश्वर– यामकुमार खड्का
वेलकेयर अस्पताल एन्ड रिसर्च सेन्टर, रातोपुल– मुकुन्द भट्टराई
मन्जुश्री मेडिकल सेन्टर कमलपोखरी– निमीकुमारी तिवारी
सिर्जना मेडिकल सेन्टर बानेश्वर– रोजिना शाक्य, मुना शाक्य र रमेश खत्री
सनराइज मेडिकल सेन्टर थापागाउँ– सुमन सत्याल
चेतना स्वास्थ्य सेवा केन्द्र कोटेश्वर– विदुर थापा र चन्द्रमा राई
पब्लिक हेल्थ केयर सेन्टर सामाखुशी– सुमन श्रेष्ठ
भ्याली मेडिकल सेन्टर– रानीवारी फरार
काष्ठमन्डप हेल्थ केयर सेन्टर, बत्तीसपुतली– लक्ष्मीकान्त ज्ञवाली
अनमोल मेडिकल सेन्टर, सिनामंगल– राधिका पाण्डे र देवकी मिश्र
क्वालिटी हेल्थ केयर सेन्टर, सिनामंगल– तिलक बोहोरा
डाइनास्टिक मेडिकल सेन्टर, चाबहिल– राजेश राई
कसमस मेडिकल सेन्टर, रातोपुल– महेन्द्रकुमार जिसी, हरि घर्ती र आशिष सापकोटा
लालुपातो मेडिकल सेन्टर, पिंगलास्थान– सूर्य कार्की
वर्ल्ड भ्यू मेडिकल प्रालि– अमृत विश्वकर्मा, हरि पौडेल
अमिताभ बुद्ध मेडिकल सेन्टर महाराजगञ्ज– रामपुकार तिवारी
मेरिडियन हेल्थ केयर सेन्टर, महाराजगञ्ज– देवान राई
साउथ एसियन हेल्थ केयर सेन्टर, धुम्बाराही– निशु झा
क्यापिटल मेडिकल सेन्टर– राजकुमार लामिछाने
सिरफ हेल्थकेयर– दिपक शर्मा र नवराज अर्याल
मार्काेपोलो मेडिकल सेन्टर– भोला सत्याल र सुनिलकुमार आचार्य
आके मेडिकल सेन्टर– रामकृष्ण अवस्थी र करुणा शर्मा वाग्ले
शिखर पोलिक्लिनिक– रामप्रसाद लम्साल र सञ्जीव पाण्डे
टाइटन हेल्थ केयर सेन्टर– राजकुमार राई

सबैलाई जानकारी दिन शेयर गरौ।

प्रतिक्रिया दिनुहोस
सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट

अखिल क्रान्तिकारीको बन्दसत्र स्थगित

    अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको आज हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ

नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंक प्रक्षेपण

    चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धि

चार प्रदेशमा हल्का र मध्यम वर्षाको संम्भावना

    विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको