भ्लादिमिर पुटिन सँग भेट गर्ने गरी प्रधानमन्त्री ओलीको चीन भ्रमणको साइत यसरी जुराइयो



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओली असार पहिलो साता चीन भ्रमणमा जाने भएका छन् ।
उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री ओली असार ५ गते चीनको राजकीय भ्रमणमा जान लागेका हुन् । भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रधानमन्त्री ओलीले सांघाई कोअपरेसन अर्गनाजेसनको सम्मेलनको अवसर पारेर चीनको भ्रमण गर्न चाहेका थिए । त्यो भएको भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका विश्वका नेताहरुसँग भेट गर्ने मौका प्राप्त हुने थियो ।

तर, चीनले समय नमिल्ने भन्दै सम्मेलनको दुई सातापछि प्रधानमन्त्री ओलीलाई स्वागत गर्ने तयारी गरेको छ । सांघाई कोअपरेशनको सम्मेलन जुन ९(१० मा चिङ्दाओमा हुनेछ भने ओली १९ जुनमा चीन भ्रमणमा जानेछन् ।

यसअघि प्रधानमन्त्री भारत भ्रमणमा जाँदा बोआओ फोरममा नेपालको सहभागिता गुमेको थियो । यो सम्मेलन अप्रिल ८ देखि ११ सम्म हुनानमा भएको थियो ।

त्यसबेला ओली भारतको राजकीय भ्रमणमा थिए । प्रधानमन्त्री ओलीको भारत भ्रमण लगतै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेइजिङको भ्रमण गरेका थिए । यो भ्रमण प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीका रुपमा हेरिएको थियो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा विगत भएका सहमति तथा सम्झौता कार्यान्वयन लगायतका विषयमा छलफल हुने अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...