भ्लादिमिर पुटिन सँग भेट गर्ने गरी प्रधानमन्त्री ओलीको चीन भ्रमणको साइत यसरी जुराइयो



प्रधानमन्त्री केपी शर्मा ओली असार पहिलो साता चीन भ्रमणमा जाने भएका छन् ।
उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री ओली असार ५ गते चीनको राजकीय भ्रमणमा जान लागेका हुन् । भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रधानमन्त्री ओलीले सांघाई कोअपरेसन अर्गनाजेसनको सम्मेलनको अवसर पारेर चीनको भ्रमण गर्न चाहेका थिए । त्यो भएको भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका विश्वका नेताहरुसँग भेट गर्ने मौका प्राप्त हुने थियो ।

तर, चीनले समय नमिल्ने भन्दै सम्मेलनको दुई सातापछि प्रधानमन्त्री ओलीलाई स्वागत गर्ने तयारी गरेको छ । सांघाई कोअपरेशनको सम्मेलन जुन ९(१० मा चिङ्दाओमा हुनेछ भने ओली १९ जुनमा चीन भ्रमणमा जानेछन् ।

यसअघि प्रधानमन्त्री भारत भ्रमणमा जाँदा बोआओ फोरममा नेपालको सहभागिता गुमेको थियो । यो सम्मेलन अप्रिल ८ देखि ११ सम्म हुनानमा भएको थियो ।

त्यसबेला ओली भारतको राजकीय भ्रमणमा थिए । प्रधानमन्त्री ओलीको भारत भ्रमण लगतै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेइजिङको भ्रमण गरेका थिए । यो भ्रमण प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीका रुपमा हेरिएको थियो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा विगत भएका सहमति तथा सम्झौता कार्यान्वयन लगायतका विषयमा छलफल हुने अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट

अखिल क्रान्तिकारीको बन्दसत्र स्थगित

    अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको आज हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ

नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंक प्रक्षेपण

    चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धि

चार प्रदेशमा हल्का र मध्यम वर्षाको संम्भावना

    विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको