मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक, सांसदलाई रातो पासपोर्ट दिन कडाई, यी ७ सांसदले पाएनन्



हाम्रो इकोनोमि

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ ।

मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो ।

मुख्यमन्त्री राउतलाई अमेरिका भमणमा जान अनुमति नदिने निर्णय गरेको हो ।

मुख्यमन्त्री राउतले जरल कन्भेक्सन अफ मधेसी एसोसियसन ई अमेरिका नाम कार्यक्रममा भाग लिन जान पाउँ भनी संघीय सरकारसमक्ष अनुमति मागेका थिए ।

 

परराष्ट्र मन्त्रालयले सांसदहरूलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) दिन कडाइ गरेको छ । संविधानसभा र अघिल्ला प्रतिनिधिसभाका कतिपय सांसदले रातो पासपोर्टको दुरुपयोग गरेको अनुभवका आधारमा परराष्ट्र मन्त्रालयको राहदानी विभागले संसद् सचिवालयलाई पत्राचार नै गरेर रातो पासपोर्टमा कडाइ गरिएको जानकारी गराएको छ ।

पत्रमा विभागले सचिवालयलाई कुन देश, के कार्यक्रममा जाने भन्ने आधार पेस नगरेसम्म रातो पासपोर्टका लागि सांसदको नाम सिफारिस नगर्न आग्रह गरेको छ ।

विभागको आग्रहअनुसार भ्रमणका आधार र कागजात पेस नगरी सिफारिस मागेका ७ सांसदलाई सचिवालयले सिफारिस नदिएको स्रोतले जनायो । सांसदहरू कृष्णकुमार श्रेष्ठ, भूपेन्द्र थापा, टेकबहादुर बस्नेत, सानु शिवा, ध्रुवकुमार शाही, राजेन्द्रकुमार राई र उमादेवी न्यौपानेलाई सचिवालयले सिफारिसपत्र दिएको छैन ।

 

पासपोर्ट बनाउन चाहने सांसदले आफ्नो पार्टीको संसदीय दलमा निवेदन दिएपछि प्रमुख सचेतकले सचिवालयसमक्ष सिफारिस गर्नुपर्छ । सचेतकको पत्रसहित राहदानी विभागको मागअनुसारका कागजात पेस गरेपछि मात्रै सचिवालयले पासपोर्ट बनाइदिन सिफारिस दिन थालेको हो, कान्तिपुर दैनिकमा खबर छ ।

विभागले चैत २३ मा सचिवालयलाई पासपोर्ट बनाउन आवश्यक कागजपत्र समावेश गरेर मात्रै सिफारिस पठाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...