१ लाख भारुसहितको मोस्ट स्टाइलिस प्लेयरको अवार्ड हात पारेका सन्दिपले तेस्रो विकेट सहित यसरी लिए बदला



हाम्रो इकोनोमि

इण्डियन प्रमियर लिग(अाइपीएलमा)ले सन्दीप लामिछानेले तेस्रो विकेट हात पारेका छन्। दिल्ली डेयरडेभिल्सले मुम्बर्इ इन्डियन्स विरुद्ध जारी खेलमा पहिलो अोभरमै सन्दीपलार्इ बलिङ दिएको थियो।
पहिलो अोभरमै सन्दीपले सुर्यकुमार यादवलार्इ पवेलिएन फर्काएका हुन्। १२ रनमा खेलिरहेका यादवलार्इ सन्दीपले चौथो बलमा विजय शंकरको हातबाट क्याच गएका थिए।

त्यसअघि सन्दीपको पहिलो बलमै चौका हिर्काएका यादवले दोस्रो बलमा छक्का प्रहार गरेका थिए। तेस्रो बलमा २ रन लिएका उनलार्इ चौथो बलमा पवेलिएन फर्काउँदै सन्दीपले बदला लिए।

सन्दीपको अाइपीएलमा यो तेस्रो विकेट हो। यसअघि अघिल्ला दुर्इ खेलमा बैंग्लोर र चेन्नार्इविरुद्ध उनले १-१ विकेट लिइसकेका छन्।टस जितेर ब्याटिङ रोजेको दिल्लीले दिएको लिग चरणको जारी अन्तिम खेलमा मुम्बर्इ १ सय ७५ रनको लक्ष्य पछ्याइरहेको छ।

दिल्लीको फिरोज शाह कोट्ला मैदानमा जारी टस जितेर ब्याटिङ गरेको दिल्लीले २० अोभरमा ४ विकेट गुमाएर १ सय ७४ रन जोडेको थियो।

दिल्लीका ऋशब पन्तले सर्वाधिक ६४ रनको अर्धशतकीय पारी खेले। ४४ बलको इनिङमा उनले ४ चौका र ४ छक्का प्रहार गरेका थिए। यस्तै विजय शंकरले ४३, ग्लेन म्याक्सवेलले २२, अविशेक शर्माले १५ रन जोडे।

दिल्लीका लागि यो खेल प्रतिष्ठका लागि मात्रै हो। मुम्बर्इ भने जितसँगै प्लेअफमा पुग्नेछ भने हारेरमा अाइपीएलबाट बाहिरिनेछ।

जितसँगै मुम्बइले प्लेअफमा स्थान बनाउनेछ। १२ अंक रहेको मुम्बइ पाँचौ स्थानमा छ। चौथो स्थानमा रहेको राजस्थान रोयल्सको १४ अंक छ तर रनरेटमा राजस्थान भन्दा मुम्बर्इ अघि छ। त्यसैले अाजको जितसँगै मुम्बइ १४ अंकका साथै प्लेअफमा स्थान बनाउनेछ।

चेन्नइविरुद्ध दिल्लीलार्इ जित दिलाउन किफायती बलिङ गरेपछि उनले १ लाख भारुसहितको मोस्ट स्टाइलिस प्लेयरको अवार्ड पनि हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...