नेकपाका अध्यक्ष ओली र प्रचण्डलाइ चोरीको यस्तो चुत्थो आरोप लाग्यो



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी ‘अण्डरलाइन’ले आफ्नो पार्टीसँग नाम जुधाएको भन्दै आपत्ति जनाएका छन् ।

उनले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संविधान सभाको दोस्रो निर्वाचनदेखि निर्वाचन आयोगमा विधिवत दर्ता भएको दल भएको स्पष्ट पारेका छन् ।

पछिल्लो पटक निर्वाचन आयोगकले मिति २०७४। ५। २२को निर्णय अनुसार संविधानको धारा २७१ र राजनीतिक दल सम्वन्धि ऐन २०७३ को दफा ४८ अनुसार नेपाल कम्युनिष्ट पार्टी दर्ता गरी निर्वाचन चिन्ह घनकोदालो प्रदान गरेको गरेको भन्दै ऐन अनुसार आफ्नो पार्टीसँग मिल्ने दल दर्ता गर्न नपाइने भएपनि चोर बाटो प्रयोग गरेर दल दर्ता गर्न खोजिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले ऐनलाई छल्न पार्टीको नाम मुनी धर्सो तानेर निवेदन दर्ता गराएको कुरा वाहिर आएको भन्दै सत्य तथ्य निर्वाचन आयोगले छिटै सार्वजनिक गर्ने पनि अपेक्षा गरेका छन् ।

कट्टेलले प्रष्ट कानुनी व्यबस्था हुँदाहुँदै सपनि रकारमा रहेका दलहरुले गैह्रकानुनी कृयाकलाप गरेको भन्दै संवैधानिक दायरा भित्रैवाट आफ्नो संघर्ष अगाडि बढाउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...