‘लुट’का निर्माताको यस्तो काइते धन्धा,वाग्लेको घरबाट बरामद गरिएको दुई करोड नक्कली भएको प्रमाणित



हाम्रो इकोनोमि

नेपाल राष्ट्र बैंकले चलचित्र निर्माता माधवराज वाग्लेको घरबाट बरामत गरेको २ करोड ५२ लाख रुपैयाँ नक्कली भएको प्रमाणित गरेको छ।
महानगरीय प्रहरी परिसर टेकुले वाग्लेको घरबाट बरामद भएको रुप्रयाँ नक्कली हो कि होइन छुट्टाउनका लागि पत्रसहित नमुना पाठाएकोमा राष्ट्र बैंकले आइतबार उक्त रकम नक्कली भएको प्रमाणित गरेको हो।

राष्ट्र बैंकका प्रवक्ता नाराणप्रसाद पौडेलका अनुसार प्रहरीलाई नक्कली भएको प्रमाणित पत्र समेत दिइसकको छ। राष्ट्र बैंक ऐन, २०५८ को दफा ६१, ९५ र ९६ मा भएको व्यवस्था अनुसार कानुनी कारबाहीको अघि बढाउन पत्रमार्फत प्रहरीलाई निर्देशन समेत दिइसकिएको प्रवक्ता पौडेलले जानकारी दिए।

अदालतबाट कानुनी कारबाही प्रक्रिया टुंगिएपछि राष्ट्र बैंकको ऐन, २०५८ को दफा ५७ को उपदफा ९४० मा भएको व्यवस्था बमोजिम प्रहरीले बरामद गरेको सम्पूर्ण नोट राष्ट्र बैंकमा दाखिला गर्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...