‘लुट’का निर्माताको यस्तो काइते धन्धा,वाग्लेको घरबाट बरामद गरिएको दुई करोड नक्कली भएको प्रमाणित



नेपाल राष्ट्र बैंकले चलचित्र निर्माता माधवराज वाग्लेको घरबाट बरामत गरेको २ करोड ५२ लाख रुपैयाँ नक्कली भएको प्रमाणित गरेको छ।
महानगरीय प्रहरी परिसर टेकुले वाग्लेको घरबाट बरामद भएको रुप्रयाँ नक्कली हो कि होइन छुट्टाउनका लागि पत्रसहित नमुना पाठाएकोमा राष्ट्र बैंकले आइतबार उक्त रकम नक्कली भएको प्रमाणित गरेको हो।

राष्ट्र बैंकका प्रवक्ता नाराणप्रसाद पौडेलका अनुसार प्रहरीलाई नक्कली भएको प्रमाणित पत्र समेत दिइसकको छ। राष्ट्र बैंक ऐन, २०५८ को दफा ६१, ९५ र ९६ मा भएको व्यवस्था अनुसार कानुनी कारबाहीको अघि बढाउन पत्रमार्फत प्रहरीलाई निर्देशन समेत दिइसकिएको प्रवक्ता पौडेलले जानकारी दिए।

अदालतबाट कानुनी कारबाही प्रक्रिया टुंगिएपछि राष्ट्र बैंकको ऐन, २०५८ को दफा ५७ को उपदफा ९४० मा भएको व्यवस्था बमोजिम प्रहरीले बरामद गरेको सम्पूर्ण नोट राष्ट्र बैंकमा दाखिला गर्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस
नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंक प्रक्षेपण

    चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धि

चार प्रदेशमा हल्का र मध्यम वर्षाको संम्भावना

    विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो : एमाले

    नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको