आक्रामक ओली सरकारले काग्रेसलाइ सदाका लागी पाखा लगाउने गरिको यस्तो नीति तथा कार्यक्रम भोलि सदनमा पेश गर्ने



हाम्रो इकोनोमि

सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि नीति तथा कार्यक्रम सोमबार संसदमा प्रस्तुत गर्दैछ ।

नीति तथा कार्यक्रमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारालाई प्रभावकारी बनाउने योजना समेटेको सरकारी अधिकारीहरुले बताएका छन् । सरकारले विकासमा फड्को मार्ने र ठूला आयोजना कार्यान्वयनमा लैजाने गरी नीति तथा कार्यक्रमसहित बजेट निर्धारणको तयारी गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम आइतबारको मन्त्रिपरिषद् बैठकले परित गर्नेछ । रोजगारीका अवसर तथा उत्पादन र उत्पादकत्वमा वृद्धि र राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको छ ।

बजेट आउनुभन्दा कम्तीमा १५ दिनअघि सरकारको नीति तथा कार्यक्रम ल्याई छलफलसहित बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । तर, सरकारले त्यो समयभन्दा कम समय राखेर संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

नयाँ सरकार गठनपछि नीति तथा कार्यक्रम बनाउन गठित तत्कालीन एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको कार्यदलले चुनावी घोषणापत्र र जनताका आकांक्षा तथा आवश्यकता अनुरूप विकास र समृद्धिलाई ध्यानमा राखि प्राथमिकता निर्धारण गर्दै कार्ययोजना तयार पारेर बुझाएको सिफारिसलाई आधार मान्दै सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ ।

सरकारले कार्यक्रममा आगामी आवमा संविधानतः समाजवाद उन्मुख अर्थतन्त्रको बाटो पहिल्याने गरी दिगो, समावेशी र उच्चदरको आर्थिक वृद्धि हासिल गर्ने प्रमुख उद्देश्यसहितको नीति तथा कार्यक्रम बनाएको स्रोतले बताएको छ ।

स्रोतकाअनुसार कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण, जलविद्युत् उत्पादन, प्रसारण र वितरणलाई पनि बजेटले मुख्य प्राथमिकताको क्षेत्रका रुपमा राखेको छ । सडक, रेलमार्गको विस्तार र विमानस्थलको निर्माण तथा स्तरोन्नतिलाई पनि प्राथमिकता दिएको छ ।

सरकारले कार्यदलको प्रतिवेदन कार्यान्वयन भए ५ वषभित्र लाखौं संख्यामा रोजगारी सिर्जना हुने, निरपेक्ष गरिबी निवारण हुने, अधिकांश घरपरिवारका लागि गाँस, बास, शिक्षा स्वास्थ्य, स्वच्छ पिउने पानीको व्यवस्था हुने र मुलुकले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गरी १० वर्षमा प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर पुग्ने दाबी गरिएको छ ।

वर्षभरीमा गर्ने प्रमुख योजनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउने गरिन्छ । नीति तथा कार्यक्रमका बारेमा सरकारले विभिन्न पक्षसँग छलफल पनि गरेको छ । देशको समृद्धिलाई ध्यानमा राखेर नीति तथा कार्यक्रम बनाउन अर्थविद्हरुले सुझाव दिएका छन् ।

अर्थविद् डा. शंकर शर्माले नीति तथा कार्यक्रमले आन्तरिक तथा बाह्य लगानी बृद्धिको वातावरण बनाउने गरी काम गर्न सके सरकारको सम्बृद्धिको सपना पुरा हुने बताए । उनले भने, ‘सरकारले आन्तरिक र बाह्य दुबै लगानीको बृद्धिदर उचित व्यवस्थापनमा ध्यान दिन सक्नुपर्छ । लगानी पनि ल्याउने कहाँ लगानी गर्ने भन्ने कुरा छुट्याउन सके सम्बृद्धिका टाढा छैन । योसँगै विकास खर्चमा पनि बृद्धि गर्ने र विकास खर्च समयमा खर्च गर्ने नीति पनि बनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
ओली पक्षबाट उपमहासचिवमा लेखराज भट्टको दाबी

    नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् ।...

ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?

    नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष...

ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिव, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिवको उम्मेदवार

    नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष...

एमाले महाधिवेशनको उम्मेदवारी दर्ता फारम वितरण

    काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको...