सर्वेन्द्र खनालले यसरी छान्दैछन काठमाडौंको उत्कृष्ट प्रहरी,को बन्ला र पाउला ५० हजार नगद?



हाम्रो इकोनोमि

बैशाख महिनामा उत्कृष्ट काम गरेको भन्दै काठमाडौंका ६ डिएसपीले ५० हजार रुपैयाँ पुरस्कार दाबी गरेका छन्। प्रहरीले बैशाखदेखि काठमाडौंमा आकर्षक नगदसहितको पुरस्कारको स्थापना गरेको हो।

शनिबार ६ वृृत्तका डिएसपीहरुले पुरस्कार दाबी गर्दे आ–आफुले गरेका कामको विवरण प्रस्तुत गरेका छन्। कालिमाटी वृत्तका प्रदीप क्षत्री, गौशला वृत्तका अनुपम श्रेष्ठ, सोह्रखुट्टे वृत्तका दिपक पोखरेल, बालाजु वृत्तका विश्वराज खड्का, महाराजगञ्ज वृत्तका महेन्द्र नेपाल र महाराजगञ्ज वृत्तका डिएसपी योगेन्द्रसिंह थापाले आफुहरुले गरेका कामका विवरण पुरस्कार छनोट समिति समक्ष पेश गरेका हुन्।

परिसरका एसपी रामदत्त जोशीको अध्यक्षतामा पुरस्कार छनोट समिति गठन गरिएको छ। जसमा डिएसपीद्वय बसन्त रजौरे र मोहन थापा सदस्य छन्।

नेपाल बंगलादेश बैंकको सहयोगमा काठमाडौं प्रहरीले  उत्कृष्ट पुरस्कार स्थापना गरेको हो। कामप्रति प्रोत्साहन गराउन हरेक महिला उत्कृष्ट काम गर्ने जवानदेखि डिएसपीसम्मलाई पुरस्कार दिन लागिएको हो।  जवानलाई १०, हवल्दारलाई १५, असईलाई २०, सईलाई २५, इन्सपेक्टरलाई ३५ र डिएसपीलाई ५० हजार रुपैयाँ पुरस्कारको स्थापना गरिएको छ। काममा धेरै दुःख हुने जवान र हवल्दारलाई  थोरै राशीको मात्र पुरस्कार तर माथिल्लो तहको प्रहरीको पुरस्कार रकम धेरै राखिएकोमा तल्लो तहका प्रहरी बेखुसी देखिएका छन्।

सबैको कामको मूल्याङकन गरी केही दिनभित्रै पुरस्कार पाउनेहरुको नाम सार्वजनिक गरिने काठमाडौं परिसरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...