चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन



हाम्रो इकोनोमि

चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन गरिएको छ। नेपाली सेनाले सो सडकको ट्रयाक निर्माण सम्पन्न गरेसँगै आज रक्षामन्त्री र्इश्वर पोखरेलले मैलुङमा रिवन काटेर सडकको समुद्घादन गरेका हुन्।

आजै नेपाली सेनाले स्याफ्रुमा एक औपचारिक कार्यक्रम गर्दै सो सडक गल्छी–त्रिशुली–मैलुङ– स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गर्ने बताइएको छ।

सडक उद्घाटनमा रक्षामन्त्री पोखरेलसँगै भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारी, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायत सहभागी थिए।

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले २०७२ बैसाखदेखि सुरु गरेको दुई लेनको १७ किलोमिटर सडक निर्माण सम्पन्न भएको निर्माण कार्यदलका प्रमुख एवम् प्राविधिक सेनानी सञ्जय केसीले जानकारी दिए।

सुरुवातमा ७ किलोमिटर ‘सिङ्गल लेन’को सडक निर्माणको जिम्मेवारी पाएको निर्माण कार्यदललाई भूकम्पपछि १० किलोमिटर थप सडक निर्माण गर्ने जिम्मेवारी दिइएको थियो। १७ किलोमिटर सडक दुई लेनको बनाएको सेनाले भूकम्पले क्षति गरेको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सडक पनि ‘सिङ्गल लेन’को बनाएको छ।

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माणमा ७० करोड ६९ लाख ९० हजार रुपैयाँ खर्च भएको छ। दुई लेनको सडक निर्माण गर्दा एक किलोमिटरको निर्माण लागत ३ करोड ९० लाख रुपैयाँ पर्न आएको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...