चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन



हाम्रो इकोनोमि

चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन गरिएको छ। नेपाली सेनाले सो सडकको ट्रयाक निर्माण सम्पन्न गरेसँगै आज रक्षामन्त्री र्इश्वर पोखरेलले मैलुङमा रिवन काटेर सडकको समुद्घादन गरेका हुन्।

आजै नेपाली सेनाले स्याफ्रुमा एक औपचारिक कार्यक्रम गर्दै सो सडक गल्छी–त्रिशुली–मैलुङ– स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गर्ने बताइएको छ।

सडक उद्घाटनमा रक्षामन्त्री पोखरेलसँगै भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारी, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायत सहभागी थिए।

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले २०७२ बैसाखदेखि सुरु गरेको दुई लेनको १७ किलोमिटर सडक निर्माण सम्पन्न भएको निर्माण कार्यदलका प्रमुख एवम् प्राविधिक सेनानी सञ्जय केसीले जानकारी दिए।

सुरुवातमा ७ किलोमिटर ‘सिङ्गल लेन’को सडक निर्माणको जिम्मेवारी पाएको निर्माण कार्यदललाई भूकम्पपछि १० किलोमिटर थप सडक निर्माण गर्ने जिम्मेवारी दिइएको थियो। १७ किलोमिटर सडक दुई लेनको बनाएको सेनाले भूकम्पले क्षति गरेको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सडक पनि ‘सिङ्गल लेन’को बनाएको छ।

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माणमा ७० करोड ६९ लाख ९० हजार रुपैयाँ खर्च भएको छ। दुई लेनको सडक निर्माण गर्दा एक किलोमिटरको निर्माण लागत ३ करोड ९० लाख रुपैयाँ पर्न आएको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...