पूर्व एमालेले थप्यो नेकपामा ४५ जना केन्द्रीय सदस्य,इतिहासमा नाम लेखाउन सफल भएका यी हुन भाग्यमानी



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा ४५ जना मनोनित भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले तत्कालिन नेकपा एमालेको तर्फबाट ४५ जना केन्द्रीय सदस्य नियुक्त गरेका हुन् । पार्टी एकता भन्दा अगाडि भएको सहमति अनुसर ओलीले एमालेका ४५ जनालाई केन्द्रीय सदस्य नियुक्त गरेका हुन् ।

सचिवालय सदस्य बरिष्ठ नेता माधवकुमार नेपाल सहितको सहमतिमा केन्द्रीय सदस्य मनोनयन गरिएको एक नेताले बताए । एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य मिलाएर ४४१ सदस्यीय समिति बनाउने सहमति भएको थियो ।

अर्थमन्त्री युवराज खतिवडा, गोकुल बास्कोटा, विनोद ढकाल, नरेश खरेल, निरज आचार्य, विष्णु रिजाल, तिलकुमार मेयाङ्बो, महेश रेग्मी र राजेन्द्र गौतम केन्द्रीय सदस्य नियुक्त भएका छन् । यस्तै राजेन्द्र गौतम, देवेन्द्र दाहाल, आनन्द पोखरेल, देवी ज्ञवाली, प्रमोदनारायण शाह, समिममिया अनसारी केन्द्रीय सदस्य बनेका छन् ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल, मन्त्री कैलाश ढुंगेल तथा बसन्त मानन्धर, महेश पाण्डे, महेश बस्नेत, विनोद श्रेष्ठ र केशवलाल श्रेष्ठ सदस्य चुनिएका छन् ।

श्रीनाथ बराल, खगराज अधिकारी, शारदाप्रसाद सुवेदी, दिलुकुमारी पन्त, टेकबहादुर राना, लक्ष्मण ज्ञवाली, नरुलाल चौधरी र बिमला घिमिरे केन्द्रीय सदस्य बनेका छन् ।

राप्रपाबाट एमालेमा आएका गोविन्द शाह पनि केन्द्रीय सदस्इ बनेका छन् । चन्द्रबहादुर शाही, दयालबहादुर शाही, भानुभक्त जोशी, लिला भण्डारी, साध्यबहादुर भण्डारी, रामेश्वर राना, एबबहादुर राना, अच्युत मैनाली र बलराम बास्कोटा केन्द्रीय सदस्य बनेका छन् ।

लीला भण्डारी केही दिन पहिले नयाँ शक्ति पार्टी परित्यार गरेर तत्कालिन एमालेमा प्रवेश गरेकी थिइन भने साध्यबहादुर भण्डारी जनमोर्चाबाट एमालेमा प्रवेश गरेका थिए । माओवादी केन्द्रका तर्फबाट भने केन्द्रीय सदस्यको टुंगो लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...