विराटनगरको भारतीय फिल्ड अफिस हटाउने प्रधानमन्त्री ओलीको भनाई, भारतको दादागिरी बन्द



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले हेरिएर होइन, बराबरीको सम्वन्ध बनाउने बताए । १९५० को सन्धि फेर्न भारत सहमत भइसकेको भन्दै उनले भने, ‘विराटनगरको फिल्ड अफिस पनि उठ्छ ।’

 

२ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधानहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भयो । त्यसका लागि पास दिन भारतीय दूताबासले फिल्ड अफिस खुलेको थियो । तर, अझैसम्म यो हटेको छैन ।

नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए । तर, भारतले न पत्रको जवाफ दियो, न कार्यालय नै हटाएको छ ।

नाकाबन्दी अस्वीकार गरेर भारतलाई एक खालको सहमतिमा ल्याएको भन्दै नेकपा अध्यक्ष ओलीलेे राष्ट्रिय हितबाहेक आफ्ना अरु कुनै स्वार्थ नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...