तिन नम्बर प्रदेशलाई धुलोमुक्त बनाउने मन्त्री केशव स्थापितको यस्तो छ योजना, काठमाण्डौको सबै सडक छ महिना भित्र कालोपत्रे हुने



हाम्रो इकोनोमि

प्रदेश ३ लाई धुलोमुक्त बनाउने प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री केशव स्थापितले एक अमेरिकीले कम्पनीसित सम्झौता गर्ने भएका छन् ।

त्यसका लागि सडकलाई धुलौटो बनाएर एग्री विन्ड नामक केमिकल प्रयोग गर्न अमेरिकी कम्पनी स्टेडफास्ट सित सम्झौता हुन लागेको हो ।

आज गोकर्ण रिसोर्टमा उक्त प्रविधिबारे जानकारी दिन प्रदेश मन्त्रालयले जनप्रतिनिधिहरुको भेला बोलाएको थियोे ।

भेलामा एग्री विन्ड केमिकलको नेपाली प्रतिनिधि कम्पनी इकोसेन्टृकका सुनील लोहियाले केमिकल प्रयोगबारे जानकारी गराए ।

उनले दिएको जानकारी अनुसार धुलौटे बाटोलाई ६ इन्च खन्ने, त्यसमा रहेका ढुङ्गा हटाउने र खनिएको ६ इन्चमा माटोलाई पाउडर बनाइ भर्ने, उक्त माटोलाई हल्का पानीले भिजाई एग्री विन्ड केमिकल हाल्नुपर्दछ । घाम चर्को लागेको अवस्थामा केमिकल हालेको दुई घन्टापछि त्यस्तो बाटो प्रयोग गर्न योग्य हुन्छ । बाटो बनाउन रोडा, बालुवा, अलकत्राजस्ता सामानको जरुरत पर्दैन ।

इक्वेडर, पेरु, रोमानिया, कोस्टरिका जस्ता मुलुकमा यही प्रविधिका सडकहरु निर्मित छन् ।

कार्यक्रममा एग्री विन्डका अध्यक्ष रोबर्ट फ्रीजमेनले उक्त केमिकलको प्रयोगबाट कम्तीमा पाँच बर्षसम्म सडकमा कुनै समस्या नआउने भन्दै यदि समस्या आएमा कम्पनीले त्यसको ग्यारेन्टी लिने बताए ।

मन्त्री स्थापितले सार्वजनिक खरिद ऎन संसोधन नभएसम्म तत्कालका लागि स्थानीय निकायले उपभोक्ता समितिको निर्णयका आधारमा काम थाल्न निर्देशन दिए ।

उनले भौतिक निर्माणका लागि ठेकेदारको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले नै निर्माण कम्पनी स्थापनाको तयारी गरेको पनि सुनाए ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...