क्युबामा विमान दुर्घटना, सयभन्दा बढीको मृत्यु



हाम्रो इकोनोमि

क्युबामा विमान दुर्घटना हुँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ भने ३ जनाको जीवितै उद्धार गरिएको छ ।

होलगुइनका लागि उडेको बोइङ ७३७-२०१ विमान राजधानी हवानामा रहेको जोस मार्टी अन्तर्राष्ट्रिय विमानस्थलनजिकै शुक्रबार दुर्घटना भएको हो ।

 

विमान स्थानीय समयअनुसार  दिउँसाे १२ः०८ बजे उडेको थियो । विमानमा ११० यात्रु र चालक दलका सदस्य सवार थिए ।

बीबीसीका अनुसार, विमानका अधिकांश यात्रु क्युबाका थिए भने विमानका कर्मचारी मेक्सीकोका हुन् ।

क्युबाको कम्युनिस्ट पार्टीको समाचारपत्र ग्रान्मालाई उद्धृत गर्दै बीबीसीले जीवितै उद्धार गरिएका ३ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । क्युबाका राष्ट्रपति मिगल डियाज केनलले दुर्घटनास्थलको अवलोकनपछि दुर्घटनालाई दुर्भाग्यपूर्ण भन्दै दुःख व्यक्त गरेका छन् ।

सो विमान मेक्सिकोको एक चार्टर कम्पनी दमोझको हो जसलाई क्युबाको सरकारी एयरलाइन्सले भाडामा लिएर चलाइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...