क्युबामा विमान दुर्घटना, सयभन्दा बढीको मृत्यु



हाम्रो इकोनोमि

क्युबामा विमान दुर्घटना हुँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ भने ३ जनाको जीवितै उद्धार गरिएको छ ।

होलगुइनका लागि उडेको बोइङ ७३७-२०१ विमान राजधानी हवानामा रहेको जोस मार्टी अन्तर्राष्ट्रिय विमानस्थलनजिकै शुक्रबार दुर्घटना भएको हो ।

 

विमान स्थानीय समयअनुसार  दिउँसाे १२ः०८ बजे उडेको थियो । विमानमा ११० यात्रु र चालक दलका सदस्य सवार थिए ।

बीबीसीका अनुसार, विमानका अधिकांश यात्रु क्युबाका थिए भने विमानका कर्मचारी मेक्सीकोका हुन् ।

क्युबाको कम्युनिस्ट पार्टीको समाचारपत्र ग्रान्मालाई उद्धृत गर्दै बीबीसीले जीवितै उद्धार गरिएका ३ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । क्युबाका राष्ट्रपति मिगल डियाज केनलले दुर्घटनास्थलको अवलोकनपछि दुर्घटनालाई दुर्भाग्यपूर्ण भन्दै दुःख व्यक्त गरेका छन् ।

सो विमान मेक्सिकोको एक चार्टर कम्पनी दमोझको हो जसलाई क्युबाको सरकारी एयरलाइन्सले भाडामा लिएर चलाइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...