पार्टी एकता पछी देउवाको दिल यसरी दुख्यो,अर्का नेताले भने-कांग्रेसले एमाले र माओवादी केन्द्रको एकता थेग्न सक्दैन



हाम्रो इकोनोमि

एमाले र माओवादी केन्द्रबीच एकता भैसकेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु एकतालाई खुशी र बेखुसी बनेका छन् ।

केही नेताहरुले एकताप्रति खुशी व्यक्त गरेका छन् भने केहीले भने एकताप्रति बेखुशी व्यक्त गरेका छन् । नेता मिन विश्वकर्माले भने,‘उहाँहरुको एकतालाई लिएर हामी खुशी छौं, अब कांग्रेस सशक्त र एक भएर अघि बढ्छ, उहाँहरुको एकता हाम्रो लागि खुशीको कुरा हो।’

उनले कांग्रेस मिलाउनकोलागिपनि एमाले–माओवादीबीचको एकता आफूहरुको लागि वरदान सावित भएको बताए ।
अर्का नेता डा. शेखर कोइरालाले कांग्रेस नेतृत्व सशक्त नभएको अवस्थामा एमाले–माओवादी एकता भएकोले कांग्रेसले एकिकृत पार्टी थेग्न नसक्ने बताए ।

उनले भने,‘कांग्रेसले एमाले र माओवादी केन्द्रको एकता थेक्न सक्दैन ।’
स्रोतका अनुसार एमाले–माओवादी एकताप्रति कांग्रेस सभापति शेरबहादुर देउवा पनि बेखुशी छन् । सकेसम्म देउवा दुई पार्टीबीचको एकता नहोस् भन्ने पक्षमा थिए ।

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...