पूर्व आइजी अर्यालको सहयोगमा ८८ केजी सुन तस्करी गरेका यी दुई भाईले सर्वोच्चबाट यसरी पाए उन्मुक्ति



हाम्रो इकोनोमि

८८ किलो सुन तस्करीमा संलग्न भएको आरोप लागेका दुई अभियुक्तले सर्वोच्च अदालतबाट उन्मुक्ति पाएका छन्। जिल्ला र उच्च अदालतको आदेशले थुनामा रहेका उनीहरुको पक्षमा न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको इजलाशले आदेश सुनाएको हो।

८८ किलो सुन तस्करीमा मुख्य अभियुक्त भनी प्रहरीले सुन तस्करी र संगठित अपराधमा विपक्षी बनाएका नन्दकुमार पाण्डुरंग मगर्ले र उल्हास दिनकर सालुङ्खेले सर्वोच्चको साथ पाएका हुन्।

जिल्ला र उच्च अदालतको आदेशलाई चुनौती दिँदै उनीहरु बैसाख १० गते सर्वोच्च अदालत पुगेका थिए। जिल्ला र उच्च अदालतको आदेश बदर गर्दै सर्वोच्चले ८८ किलो सुन तस्करीको मुख्य आरोप लागेका व्यक्तिहरुलाई उन्मुक्ति दिएको हो।

रसुवाको केरुङ नाका हुँदै अवैध तरिकाले भित्र्याइएको ८८ किलो सुन काठमाडौंको क्षेत्रपाटीमा पार्किङ गरेको गाडीबाट प्रहरीले भदौ १९ गते बरामद गरेको थियो।

तस्करी प्रकरणमा प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले कात्तिक १७ गते ४ चिनियाँ नागरिकसहित ११ जनाविरुद्ध संगठित अपराधसहितको मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरेको थियो। अभियुक्तहरु विरुद्ध ५ वर्ष कैद सजाय र ४३ करोड ५६ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो।

२ महिना लामो अनुसन्धानपछि प्रहरीले उनीहरुविरुद्ध २ वटा मुद्दा दायर गरेको हो। प्रहरीले सुन बोकेर ल्याउने गाडीका चालकलाई भने निर्दोष ठानेर मुद्दा दायर गरेको थिएन। उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न अस्विकार गरेपछि उनीहरु बैसाख १० गते सर्वोच्च अदालत पुगेका थिए।

प्रहरीले ४ चिनियाँ नागरिकसहित नेपाली नागरिकहरु गणेशदत्त बडु, सत्यनारायाण अग्रवाल, शुभरत्न शाक्य, नन्दकुमार पाण्डुरंग मगर्ले, मानबहादुर तामाङ, उल्हास दिनकर सालुङ्गे र ल्याक्पा ग्याल्जोङ विरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दा दायर गरेका चिनियाँमा याङ वे मिङ, पान वे मिङ, झाङ होङ लियाङ र हिसे साङ्बो लामा रहेका छन्।

सुन तस्करीको मुद्दा अहिले पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।पूर्व आइजी प्रकाश अर्यालको सहयोगमा ८८ केजी सुन तस्करी भएको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...