आईजीपी सर्वेन्द्र खनालले पुलिसलाई पक्का पुलिस बनाउछु भन्दै यस्ता सुनाए यस्ता दर्जन सूत्र



हाम्रो इकोनोमि

नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले संगठन सुदृढीकरणकालागी १० प्राथमिक्ता अघि सारेका छन । आईजीपीमा नियुक्त भएपछि पहिलो पटक उनले आफ्ना प्राथमिक्ता अघि सारेका हुन । आईजीपीको पहिलो प्राथमिक्तामा संघिय संरचनामा प्रहरी संगठनको औचित्यपूर्ण व्यवस्थापन, दोस्रोमा संगठित अपराध, महिला तथा वालवालिकामाथिको अमानविय कार्यप्रति कानुनी कठोरता परेको छ भने विधिको साशन सुनिश्चितताकालागी फौजदारी अपराध संहिताको कार्यान्वयनमा वस्तुनिष्ठ आधार निमार्ण गर्नु तेस्रो प्राथमिक्तामा परेको छ ।

त्यसैगरि मानव अधिकारको प्रवद्र्धन तथा जोखिममा परेका वर्गहरुलाई विशेष कानुनी संरक्षण गर्नु चौथो प्राथमिक्तामा परेको छ भने प्रहरी कर्मचारीहरुको व्यवसायिक्ता, पारदर्शीता र निष्ठामा उत्कृष्ठता पांचौ प्राथमिक्तामा राखेका छन । छैठौ प्राथमिक्तामा नागरिक मैत्री प्रहरीको रुपमा छवि विस्तार गर्ने, सातौमा संगठन सुद्धीकरण परेको छ । जस अन्र्तगत उनले भ्रष्टाचारमाथी सुन्य सहनसिलता र आन्तरिक सुद्धिकरण परेको छ ।

त्यसैगरि आठौमा निर्भीक तथा प्रविधियुक्त प्रहरी मानवस्रोतको विकासकालागी विशेष प्रशिक्षण चलाउने बताएका छन भने  नवौ प्राथमिक्तामा स्रोत साधनको चुस्त व्यवस्थापन गरेर प्रहरी कर्मचारीको वृति विकास परेको छ भने  प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउदै नमुना संगठन र प्रहरी संगठनलाई सुशासनको पहरेदार बनाउने  दशौ प्राथमिक्तामा परेको छ ।

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...