प्रधानमन्त्री कार्यालय छोडेर केपी ओली किन गृह मन्त्रालय जादैछन् ?



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओली केही समयपछि गृहमन्त्रालय जादैंछन्। माओवादी केन्द्रसँग पार्टी एकीकरणको भाेलिपल्ट प्रधानमन्त्री ओली गणतन्त्र दिवसको तयारी बैठकको जानकारी लिन गृह जान लागेका हुन्।

मन्त्रालय स्रोतअनुसार प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस तयारीबारे ब्रिफिंग लिनेछन् एवं तयारी बैठकमा निर्देशन दिनेछन्। प्रधानमन्त्री मन्त्रालयको तयारी बैठकमा सहभागी हुन लागेको सम्भवत यो नै पहिलो घटना हो।

गत वर्षहरूमा गणतन्त्र दिवसमा सरकारले प्रदान गर्ने पदक एवं विभूषण विवादित बनेकाे बारे पनि प्रधानमन्त्रीले चासो देखाएकाे स्राेतले बतायाे। यसअघि गृहसचिव रहेका हालका मुख्यसचवि लोकदर्शन रेग्मीले यो वर्ष पनि पुनः आफूले अाफैँलाइ पदकका लागि सिफारिश गरेको स्रोतले बतायो। गत वर्ष गृहसचिव हुँदा रेग्मीले आसेपासेसहित आफ्ना पितालाई पदक दिलाएका थिए। निर्णय गर्नेहरूकाे अकर्मण्यताका कारणा राज्यले प्रदान गर्ने सम्मान विवादित बन्ने गरेकाे हाे। गणतन्त्र दिवसमा प्रदान गरिने पदक गृह मन्त्रालयले सिफारिश गर्नेगर्छ।

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...