मन्त्री गोकर्ण विष्टले गरे वैदेशिक रोजगारभित्रको सिन्डकेट खारेज, क कस्को भो निद हराम



हाम्रो इकोनोमि

बिहिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीभित्रको सिन्डकेट खारेज गरेको निर्णय गरेसँगै माइग्राम्स र बायोमेट्रिक बन्द भएका छन् ।

बिहिबार मनत्री विष्टले वैदेशिक रोजगारभित्रको सिन्डिकेट खारेज गरेको र नेपाल सरकारले मान्यता दिएका सबै स्वास्थ्य संस्थाले मेडिकल गराउन पाउने निर्णय गरेका थिए ।

श्रममन्त्री विष्टले नेपालमा नेपाल सरकारको स्वीकृति नलिई सञ्चालनमा रहेका माइग्राम्स, बायोमेट्रिक, आईएससी, भिएलन र ओएससीको सबै काम कारवाही तत्काल बन्द गर्न निर्देशन दिएका थिए । साथै मलेसिया सरकारसँगै परराष्ट्र मन्त्रालयमार्फत् कुटनीतिक पहल सुरु भएको थियो ।

मन्त्री विष्टको यस्तो निर्देशनलगत्तै यतिबेला माइग्राम्स र बायोमेट्रिकको सिस्टम सस्पेण्ड भएको छ । मलेसियाबाटै माइग्राम्स र बायोमेट्रिकको सिस्टम बन्द गरिएको एक वैदेशिक रोजगार व्यवसायीले बताए ।

यद्यपि बायोमेट्रिक स्वास्थ्य परीक्षण गराइरहेका व्यवसायी महेश श्रेष्ठले भने मलेसियाबाट सिस्टम सस्पेण्ड भएको नभई व्यवसायी आफैले बायोमेट्रिक स्वास्थ्य परीक्षण बन्द गराएको बताएका छन् । श्रेष्ठले भने, ‘सरकारले सबै स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गराउन पाउने निर्णय गरेसँगै हामीले बायोमेट्रिक बन्द गराएका छौँ ।’

माइग्राम्स र बायोमेट्रिक बन्द भएसँगै तत्कालका लागि मलेसियामा रोजगारीका लागि जाने प्रक्रियासमेत बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...