मन्त्री गोकर्ण विष्टले गरे वैदेशिक रोजगारभित्रको सिन्डकेट खारेज, क कस्को भो निद हराम



हाम्रो इकोनोमि

बिहिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीभित्रको सिन्डकेट खारेज गरेको निर्णय गरेसँगै माइग्राम्स र बायोमेट्रिक बन्द भएका छन् ।

बिहिबार मनत्री विष्टले वैदेशिक रोजगारभित्रको सिन्डिकेट खारेज गरेको र नेपाल सरकारले मान्यता दिएका सबै स्वास्थ्य संस्थाले मेडिकल गराउन पाउने निर्णय गरेका थिए ।

श्रममन्त्री विष्टले नेपालमा नेपाल सरकारको स्वीकृति नलिई सञ्चालनमा रहेका माइग्राम्स, बायोमेट्रिक, आईएससी, भिएलन र ओएससीको सबै काम कारवाही तत्काल बन्द गर्न निर्देशन दिएका थिए । साथै मलेसिया सरकारसँगै परराष्ट्र मन्त्रालयमार्फत् कुटनीतिक पहल सुरु भएको थियो ।

मन्त्री विष्टको यस्तो निर्देशनलगत्तै यतिबेला माइग्राम्स र बायोमेट्रिकको सिस्टम सस्पेण्ड भएको छ । मलेसियाबाटै माइग्राम्स र बायोमेट्रिकको सिस्टम बन्द गरिएको एक वैदेशिक रोजगार व्यवसायीले बताए ।

यद्यपि बायोमेट्रिक स्वास्थ्य परीक्षण गराइरहेका व्यवसायी महेश श्रेष्ठले भने मलेसियाबाट सिस्टम सस्पेण्ड भएको नभई व्यवसायी आफैले बायोमेट्रिक स्वास्थ्य परीक्षण बन्द गराएको बताएका छन् । श्रेष्ठले भने, ‘सरकारले सबै स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गराउन पाउने निर्णय गरेसँगै हामीले बायोमेट्रिक बन्द गराएका छौँ ।’

माइग्राम्स र बायोमेट्रिक बन्द भएसँगै तत्कालका लागि मलेसियामा रोजगारीका लागि जाने प्रक्रियासमेत बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...