देउवालाई चक्कर लाग्ने गरी कांग्रेस उपसभापति निधीले ओली र प्रचण्डको यसरी गरे तारिफ,दिपावली गर्न उर्दी



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले दुईवटा ठूला पार्टी मिलाएर केपी शर्मा ओली र पुष्पकमल दाहालले क्षमता प्रदर्शन गरेको बताएका छन् ।

ट्विटरमा निधीले दुईवटा कम्युनिष्ट पार्टी मिलाएर नेपाल कम्युनिष्ट पार्टी बनाएकोमा वधाई पनि दिएका छन् । उनले पार्टी एकीकरण सुखान्त भए लोकतन्त्र बलियो हुने र दुखान्त भए अधिनायकतन्त्र बलियो हुने बताएका छन् ।

आफू सुखान्त हुनेमा आसावादी रहेको निधीले बताए । उनले भनेका छन्, ‘हामीसँग कम्युनिष्ट र निर्दलवादी दुवैको लोकतान्त्रिक यात्रा रुचिकर छ ।’ लामो समयको अन्योलपछि नेकपा एमाले र माओवादी केन्द्रबीच बिहिबार पार्टी एकीकरण भएको छ । यो अबसरमा सबैले दिपावली गर्नु पर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...