देउवालाई चक्कर लाग्ने गरी कांग्रेस उपसभापति निधीले ओली र प्रचण्डको यसरी गरे तारिफ,दिपावली गर्न उर्दी



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले दुईवटा ठूला पार्टी मिलाएर केपी शर्मा ओली र पुष्पकमल दाहालले क्षमता प्रदर्शन गरेको बताएका छन् ।

ट्विटरमा निधीले दुईवटा कम्युनिष्ट पार्टी मिलाएर नेपाल कम्युनिष्ट पार्टी बनाएकोमा वधाई पनि दिएका छन् । उनले पार्टी एकीकरण सुखान्त भए लोकतन्त्र बलियो हुने र दुखान्त भए अधिनायकतन्त्र बलियो हुने बताएका छन् ।

आफू सुखान्त हुनेमा आसावादी रहेको निधीले बताए । उनले भनेका छन्, ‘हामीसँग कम्युनिष्ट र निर्दलवादी दुवैको लोकतान्त्रिक यात्रा रुचिकर छ ।’ लामो समयको अन्योलपछि नेकपा एमाले र माओवादी केन्द्रबीच बिहिबार पार्टी एकीकरण भएको छ । यो अबसरमा सबैले दिपावली गर्नु पर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...