घोषणासभामा प्रचण्ड रोए,प्रधानमन्त्री ओलीले हँसाउदै कम्युनिष्ट पार्टीलाई तीन चौथाईमा पुर्याउने यस्तो कुरा सुनाए



पार्टी एकता घोषणा सभामा बिहीबार साँझ बोल्दै एकीकृत पार्टीका सहअध्यक्ष पुष्पकमल दाहालले यो ऐतिहासिक दिनले आफूलाई खुसी दिएको बताएका छन्। उनले बोल्दाबोल्दै गला अबरुद्ध बनाएर आँखाभरि अाँसु पारेका थिए।

उनले मदन भण्डारीको अवसान भएको दिन पार्टी एकता भएको उल्लेख गर्दै आफूलाई गर्व भएको बताए।
उनले आफूले प्रधानमन्त्रीलाई एकता महत्वपूर्ण हुने भनी अघिल्लै दिन भनेको पनि दाहालले स्मरण गरे।

एकताको महत्व आफूले शब्दमा बयान गर्न नसक्ने पनि उनले बताए। ‘यो अति नै ठूल्ठूला कुराले पनि पूरा हुन्न,’ उनले भने, ‘यो एकता अर्थपूर्ण र बहुआयामिक छ।’

उनले आजको दिन २०४६ सालपछिको सबै कम्युनिस्ट एकै ठाउमा आउन् भन्ने मान्यता पूरा भएको पनि बताए। ‘त्यो जनाअन्दोलनले माले र मार्क्सवादीहरु मिलेका थिए,’ उनले भने।

फेरि मदनलाई सम्झिन चाहन्छु भन्दै उनले मदनले अघि बढएको आन्दोलन र अरु थुप्रै उतारचढावपछि यहाँ आइपुगेको बताए। ‘अब मुलुक अस्थिरतामा धकेल्न हुन्न भनेर नै आफूले एकता गरेको हो,’ उनले भने। ‘साँच्चिकै यो एकता हुन्छ त भन्ने धेरै थिए। केही उतारचढाव हुनु स्वाभाविक थियो र भयो। तर, एकताका लागि पुल भत्काइसकेका थियौँ,’ उनले सम्झिए।
उनले ओलीले खुट्टा काटेर जुत्ता लगाउनुपर्छ भनेको समेत स्मरण गरे। ‘अब यो पार्टीले जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने छ,’ उनले भने।

‘कति पनि हामी त्यसबाट बिचलित हुने छैनौं। आजको दिन संकल्प लिनैपर्छ आदर्शको लागि। २१ सौँ शताब्दी बुझ्ने पार्टी यो हुनुपर्छ। तर सत्ता गएपछि स्खलित हुनुपर्छ,’ उनले भने।

उनले ६० नाघेका आफूजस्ता नेताले धेरै गरेको उल्लेख गर्दै उसबेला आफू मर्न पाइन भन्नेमा झगडा हुनेसमेत स्मरण गरे। ‘म मर्न पाइन भन्नेमा झगडा हुन्थ्यो तर अहिले म सांसद हुन पाउँ भन्नेमा झगडा हुन्छ,’ उनले भने।

उनले त्यसो भन्दे एक छिन रोकिए। उनको आँखाभरि आँसु थियो।
उनले गला अबरुद्ध बनाउँदै भने, ‘जनताले राम्रो काम गर्ने अवसर दिए र त्यो जसरी पनि पूरा गर्नु पर्छ। बिभाजन भोगेर आएको हामी अब एक हुनै पर्छ। मेरै आफ्नो कुरा निरन्तरतामा क्रम भग गरिन।’
त्यसपछि उनी फेरि रोकिएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनावमा नेपाल कम्युनिष्ट पार्टीले तीन चौथाई मत ल्याउने दावी गरेका छन् ।
पार्टी एकता घोषणा कार्यक्रममा उनले कम्युनिष्ट पार्टीका लागि दुई तिहाइ बहुमत सामान्य भइसकेको बताएका हुन् ।

कम्युनिष्ट पार्टीका लागि दुई तिहाइ सामान्य जोडघटाउ मात्रै हो । आउदो चुनाव दुई तिहाइको कुरा होइन कम्तीमा तीन चौथाई’ उनले भने ‘कतिपयलाई यो ठट्टा सक्छ, छ महिनाअघि ककसलाई के के कुरा ठट्टा लाग्थ्यो विचार गर्नुस् त ?

प्रतिक्रिया दिनुहोस
चार प्रदेशमा हल्का र मध्यम वर्षाको संम्भावना

    विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो : एमाले

    नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको

परराष्ट्रमन्त्री राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन