६ बुँदे घोषणापत्र संगै नयाँ पार्टीले जन्मायो यस्तो नयाँ कार्यक्रम,एकता घोषणामा खनाल अनुपस्थित



हाम्रो इकोनोमि

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा कम्युनिष्ट पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने भएको छ ।

दुई पार्टीले बिहीबार एकताको घोषणा गरेका छन् भने निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् ।

एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं सताब्दीको जनवाद भन्दै आएको थियो । पार्टी एकताको ६ बुँदे घोषणापत्र पढ्दै गर्दै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने बताए ।

स्रोतका अनुसार एमालेले भन्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीको माओवाद दुवैलाई आगामी महाधिवेशनसमा बहसमा लगिने भएको छ ।

अहिले अघि सारिएको समाजवाद उन्मुख जनताको जनवादको अन्तरवस्तु भने जबज र एक्काइसौं शताव्दीको जनवादबाटै लिइएका छन् । नाममा विवाद हुनेभएपछि बहुदलीय भन्ने शब्द हटाएर जनताको जनवाद भनिएको हो। झलनाथ खनाल भने अनुपस्थित छन्।

पूर्वप्रधानमन्त्री खनाल निकट स्रोतका अनुसार उनी निजी कामका सिलसिलामा चीनमा छन् । खनाल व्यापारिक कामका सिलसिलामा चीन र मलेसियातर्फ बेला बेलामा जाने गर्छन् । उनका छोरा निर्भिक चित्रकार चिनियाँ कम्पनीसँग मिलेर व्यापार व्यवसायमा छन् ।

भैरहवाको गौतमबुद्ध विमानस्थलको ठेक्का लिएर काम नगरेको चिनियाँ ठेकेदार कम्पनीको नेपाली कन्सल्ट्यान्टसमेत हुन् खनालपुत्र निर्भिक । पार्टी एकता संयोजन समितिमा रहेका खनाल जेठको पहिलो साता पार्टी एकीकरण हुने भनिएका बेला ऐतिहासिक अवसर छाडेर व्यापारिक प्रयोजनमा बिदेशिनु लज्जाको विषय बनेको नेकपाका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...