नेपाली इतिहासकै ठूलो पार्टी बनाउनु अघी मदन भण्डारीलाई सम्झिएर यसरी झोक्राए नेताहरु



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्र आजदेखि एउटै पार्टी बन्दैछन्। दुवै पार्टीको अलग-अलग अस्तित्व निर्वाचन आयोगमा नयाँ दल दर्ता भएसँगै समाप्त हुनेछ।

पार्टी एकता प्रक्रियाको अन्तिम दिन आज बिहान दुवै पार्टीका अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शीर्ष नेताहरु २५औं मदन-आश्रित स्मृतिसभामा सँगै भेला भए।

कार्यक्रममा मन्तव्य राखेका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मदन-आश्रितलाई सम्झिए र पार्टी एकता हुन लागेकोमा खुसी व्यक्त गरे।

बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालय मदननगरमा आयोजित स्मृतिसभामा भेला भएका नेताहरुको अनुहारको रंग भने फुङ्ग उडेको जस्तो र मलिन देखिन्थ्यो। यो मदन-आश्रितको सम्झनामा थियो वा अहिलेसम्म हिँड्दै आएका अलग-अलग अस्तित्वका पार्टी अब इतिहास बन्दैछन् भन्ने चिन्ताको रेखा थियो त्यो भने नेताहरुकै मनभित्रको कुरा भयो।

 

प्रतिक्रिया दिनुहोस
एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दैछ : पदम गिरी

    नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं...

डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...