ठेक्का लिएर समयमै काम नसक्ने र काम बेच्ने ठेकेदारहरुलाई जेलमा कोच्न गृहमन्त्रीले दिए निर्देशन



गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा आज गृहसचिव, विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधि, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौँ र ललितपुर महानगरपालिका मेयर, काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख   सहितको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्। गृहमन्त्री थापाले निर्णयहरुको कार्यान्वयन फितलो भएकोमा असन्तुष्टि समेत व्यक्त गरे।

सम्पन्न गरेका काम पनि कमसल हुनेजस्ता कार्यमा संलग्न ठेकेदारहरुको सूची तयार पार्न निर्देशन दिँदै उनले भने, ‘त्यस्ता ठेकेदारहरुको सूची बनाएर सच्चिन अल्मिेटम दिनुहोस्, अल्टिमेटम दिएको समयभित्र पनि सच्चिएनन् भने पक्राउ गर्नुस्।’

सडक र ट्राफिक व्यवस्थापनका विषयमा यसअघि गरिएका निर्णयहरुलाई कार्यान्वयन गर्न उनले निर्देशन दिएका छन्। अर्को बैठकमा आउँदा यसअघि भएका निर्णयहरु केकति कार्यान्वयन भए त्यसको विवरण सहित आउन पनि उनले निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस
चार प्रदेशमा हल्का र मध्यम वर्षाको संम्भावना

    विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो : एमाले

    नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको

परराष्ट्रमन्त्री राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन