ठेक्का लिएर समयमै काम नसक्ने र काम बेच्ने ठेकेदारहरुलाई जेलमा कोच्न गृहमन्त्रीले दिए निर्देशन



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा आज गृहसचिव, विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधि, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौँ र ललितपुर महानगरपालिका मेयर, काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख   सहितको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्। गृहमन्त्री थापाले निर्णयहरुको कार्यान्वयन फितलो भएकोमा असन्तुष्टि समेत व्यक्त गरे।

सम्पन्न गरेका काम पनि कमसल हुनेजस्ता कार्यमा संलग्न ठेकेदारहरुको सूची तयार पार्न निर्देशन दिँदै उनले भने, ‘त्यस्ता ठेकेदारहरुको सूची बनाएर सच्चिन अल्मिेटम दिनुहोस्, अल्टिमेटम दिएको समयभित्र पनि सच्चिएनन् भने पक्राउ गर्नुस्।’

सडक र ट्राफिक व्यवस्थापनका विषयमा यसअघि गरिएका निर्णयहरुलाई कार्यान्वयन गर्न उनले निर्देशन दिएका छन्। अर्को बैठकमा आउँदा यसअघि भएका निर्णयहरु केकति कार्यान्वयन भए त्यसको विवरण सहित आउन पनि उनले निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...