एमालेको बैठक पार्टी एकता सम्बन्धी यस्ता निर्णय गर्दै सकियो



हाम्रो इकोनोमि

नेकपा एमालेको स्थायी समितिले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताको मिति तय गर्ने जिम्मा एकता संयोजनलाई दिएको छ ।

पार्टी एकताबारे निर्णय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार अपराह्न बसेको स्थायी समितिको बैठकले जेठ १५ अगावै पार्टी एकता गर्ने निर्णय गर्दै मिति तोक्ने जिम्मा एकता संयोजन समितिलाई दिएको हो ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले त्यसअगावै एकता गर्ने निर्णय बैठकले गरेको हो ।

संयोजन समितिको बैठकबाट एकताको मिति घोषणा गर्ने निर्णय भएको परराष्ट्रमन्त्री समेत रहेका एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहान भएको छलफलबारे जानकारी गराएका थिए ।

बैठकमा सरकारको नीति तथा कार्यक्रमका विषयमा समेत छलफल भएको उनले बताए । कृषि, पूर्वाधार र ऊर्जालाई जोड दिएर बजेट ल्याउने विषयमा सदस्यहरूको जोड रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...