एमालेको बैठक पार्टी एकता सम्बन्धी यस्ता निर्णय गर्दै सकियो



हाम्रो इकोनोमि

नेकपा एमालेको स्थायी समितिले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताको मिति तय गर्ने जिम्मा एकता संयोजनलाई दिएको छ ।

पार्टी एकताबारे निर्णय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार अपराह्न बसेको स्थायी समितिको बैठकले जेठ १५ अगावै पार्टी एकता गर्ने निर्णय गर्दै मिति तोक्ने जिम्मा एकता संयोजन समितिलाई दिएको हो ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले त्यसअगावै एकता गर्ने निर्णय बैठकले गरेको हो ।

संयोजन समितिको बैठकबाट एकताको मिति घोषणा गर्ने निर्णय भएको परराष्ट्रमन्त्री समेत रहेका एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहान भएको छलफलबारे जानकारी गराएका थिए ।

बैठकमा सरकारको नीति तथा कार्यक्रमका विषयमा समेत छलफल भएको उनले बताए । कृषि, पूर्वाधार र ऊर्जालाई जोड दिएर बजेट ल्याउने विषयमा सदस्यहरूको जोड रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...