दुई करोड नक्कली नोट छाप्ने यी चलचित्र निर्माता यसरी जाकीए प्रहरी खोरमा



हाम्रो इकोनोमि

उपत्यकामा ठुलो परिणाममा प्रहरीले नक्कली नेपाली नोट बरामद गरेको छ। अत्याधुनिक प्रेसमा छापिएका एक हजार दरका नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार २ करोड ६७ लाख ४३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ। सक्कली जस्तै देखिने नोटहरु प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट बरामद गरेको हो। काठमाडौं प्रहरीले काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा छापा हानी नोट बरामद गरेको हो। श्रोतका अनुसार उक्त नक्कली पैसा चलचित्र निर्माता माधब वाग्लेको हो र उनी प्रहरी फन्दामा परिसकेका छन्। प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ।वाग्ले सहित छ जना प्रहरी नियन्त्रणमा छन्।वाग्ले लुट चलचित्रका निर्माता हुन्।

कसरी ठुलो मात्रा नक्कली नोट छापियो भन्ने सन्र्दशमा छानबिन भइरहेको काठमाडौं परिसरका एसपी रामदत्त जोशीले बताए।

पक्राउ पर्नेमा फिल्म निर्माता माधवराज वाग्ले, छापाखानाका सञ्चालकहरु प्रकाश सुवेदी र विकेश नापित तथा सुर्खेत घर भई कमलपोखरी बस्ने २४ वर्षीय महेन्द्र बोगटी, सिन्धुली घर भई ललितपुरको लुभू बस्ने २४ वर्षीय सुजित तामाङ र १९ वर्षीय साजन तामाङ रहेका प्रहरीले जनाएको छ।

बुधबार काठमाडौंको चारढुंगेमा रहेको प्रिन्सेस मुभिज प्रालिका सञ्चालक वाग्लेको कोठामा खानतलाली गर्दा एक हजार दरका नेपाली नक्कली नोट दुई करोड ५२ लाख बरामद भएको थियो। वाग्ले ‘लुट’ र ‘चंगाचेट’ फिल्मका निर्माता हुन्। उनीसँगै बागबजारस्थित नवज्योति प्रिन्टिङ प्रेसका सञ्चालक ३६ वर्षीय प्रकाश सुवेदी र जय भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालक भक्तपुर ८ निवासी ३९ वर्षीय विकेश नापितलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरुले फिल्मको सुटिङका लागि नक्कली नोट छापेको बताएका छन्। नोटमा नक्कली भनेर लेखिएको छ। सुवेदीले नक्कली नोट छाप्न नापितको छापाखानालाई दिएपछि नोटहरु छापिएको प्रहरीले जनाएको छ।

यसअघि मंगलबार प्रहरीले नक्कली नोटसहित तीन युवालाई पक्राउ गरेको थियो। बोगटीबाट एक लाख २० हजार तथा सुजित र साजनको कोठाबाट ७ लाख ४३ हजार नक्कली नोट बरामद भएको जनाइएको छ।

मित्रनगरको एक खाजाघरमा बोगटीले खाजा खाएर पैसा तिर्दा दिएको नोट नक्कली भएको आशंकामा खाजाघर सञ्चालकले खबर गरेपछि महानगर प्रहरी प्रभाग गोंगबुबाट गएको टोलीले उनीसँग सोधपुछ र खानतलासी गरेको थियो।

बोगटीले नै दिएको सूचनाका आधारमा सुजित र साजन तामाङको कोठाबाट नक्कली नोट बरामद भएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नक्कली नोट छाप्नेलाई बिगो बमोजिम जरिवाना गरी दस वर्ष कैद गर्नुपर्ने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...