ओली सरकार बिरुद्द खनिए कर्मचारी,तलब नबढाए देशव्यापी आन्दोलन गर्ने



हाम्रो इकोनोमि

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले कर्मचारीको तलब वृद्धि नगरे र स्वेच्छिक अवकाश कार्यक्रम अघि नबढाए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ। बुधबार पत्रकार सम्मेलन गरी संगठनले यस्तो चेतावनी दिएको हो।

सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष पुण्यप्रसाद ढकालले मूल्यवृद्धिका आधारमा कर्मचारीहरुको तलब बढाउनुपर्ने माग गरे। निजामती सेवा ऐनको दफा २७ अनुुसार भत्ता पुनरावलोन समितिलाई सक्रिय बनाई तलबबृद्धि गर्न समेत उनले माग गरे।

आधिकारिक ट्रेड युनियनको वैशाख २३ गते बसेको बैठकले यस्तो निर्णय गरेको थियो।

स्वेच्छिक अवकाश प्रक्रिया अघि बढाउन माग 

त्यस्तै, संगठनले स्वेच्छिक अवकाश प्रक्रियालाई तत्काल अघि बढाउन माग गरेको छ। सरकारले अवकाश प्रक्रिया रोकेकोमा असन्तुष्टि जनाउँदै प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने ढकालले बताए। स्थानीय तहसम्म ट्रेड युनिनयको अधिकारलाई सुनिश्चित गर्न पनि संगठनको माग छ। स्थानीय तहमा ट्रेड युनियन राख्न नपाउने कानुन सच्याउन संगठनले माग गरेको छ।

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...