मकालु एयरको जहाज हुम्लाको बाहुनखर्कमा दुर्घटनाग्रस्त,जहाज ३ टुक्रा , दुवै पाइलटको मृत्यू



हाम्रो इकोनोमि

मकालु एयरको कार्गो बिमान दुर्घटना भएको छ । बुधबार बिहान ६ः१० बजे सुर्खेतबाट सिमिकोटका लागि उँडेको जहाज ४ घन्टा सम्पर्कबिहिन थियो ।

अहिले भर्खरै जुम्लाको बाहुनखर्कस्थित खार्पुनाथ गाउँपालिकामा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जहाजमा चालकलकका दुई सदस्य सवार थिए । चालकदलमा किरण भट्टराई र आदित्य नेपालीमात्रै थिए ।जसमध्ये १ जना पाइलटको क्षतविक्षत अवस्थामा फेला परेको भेटिएको छ ।

त्रिभुवन बिमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार १२ हजार ८ सय फिटको उचाइमा जहाज ३ टुक्रा भएको अवास्थमा फेला परेको हो । दुर्घटनास्थलमा माउन्टेन एयरको जहाज अवतरण भइसकेको उनले बताए ।

जहाज सुर्खेतबाट सिमिकोटका लागि उडेको थियो । जहाजले बाजुराको एक बगरमा आपतकालीन ल्यान्ड गरेको विमानस्थल स्रोतले बताएको छ । कार्गो सामान लिएर जहाज सुर्खेतबाट ६ बजेर १२ मिनेटमा सिमिकोटका लागि उडेको थियो । यसअघि, सन् २०१६ मा पनि मकालु एयरको विमान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा दुई जना घाइते भएका थिए । फाईल तस्बिर

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...