सिन्डिकेट सिध्याउन ओली सरकारले यातायात समितिको सबै सम्पत्ति १५ दिन भित्रमा यसरी गर्ने भयो जफत



सरकारले संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर र सम्पत्ति खोजविनलाई थप तीव्रता दिएको छ । आज गृह मन्त्रालयमा आयोजित बैठकमार्फत देशभरका प्रमुख जिल्ला अधिकारीलाई सो निर्देशन दिइएको हो ।

मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपाल लगायतको उपस्थितिमा बसेको बैठकले यातायात सम्बद्ध संघ–संस्थाहरुको चल, अचल शेयर, सम्पत्तिको विवरण १५ दिनभित्र सफ्ट कपी तयार पारी गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा पठाउन निर्देशन दिएको छ ।

यसअघि सिण्डिकेट हटाउने सरकारको निर्णयबिरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले गत बैशाख २१ गते सार्वजनिक यातायात नचलाएपछि सरकारले यातायात समितिहरुले बैंक खाता रोक्का गर्नुका साथै समितिका पदाधिकारीहरुलाई पक्राउ गरेको थियो ।

सो क्रममा गृह मन्त्रालयको निर्देशनअनुरुप देशभर २ सय ४५ वटा यातायात सम्बद्ध संस्थाहरुको बैंक खाता रोक्का गरिएको थियो । बैठकले बैंक खाता रोक्का गरिएका, ती समिति बाहेक संस्था दर्ता ऐनअनुसार दर्ता भएका र अन्य समिति तथा संस्थाहरुको समेत यातायात व्यवस्था विभागले विवरण संकलन गरी अर्थ मन्त्रालयमा पठाउने र अर्थ मन्त्रालयमार्फत बाँकी रहेको सम्पूर्ण यातायात समितिहरुको समेत खाता रोक्का गर्ने निर्णय गरेको छ । साथै बैठकले समितिहरुमा रहेको सम्पूर्ण रकम र त्यसको विवरण तयार पार्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
चार प्रदेशमा हल्का र मध्यम वर्षाको संम्भावना

    विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो : एमाले

    नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको

परराष्ट्रमन्त्री राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन