मालिक माफ पाउँ भनेको छैन,कसरी घुँडामा भ्वाङ पर्यो गगन बाबु भन्दै ओलीले थापालाई दिए यस्तो दनक



एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण ऐतिहासिक भएको बताएका छन् ।
उनले भारतीय प्रधामन्त्रीको नेपाल भ्रमणको सन्दर्भमा कांग्रेस सांसद गगन थापाले दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै भने, ‘संविधान संशोधन गर्न सकिन माफ पाउँ मालिक अर्को पटक गर्छु भनेर मैले भनेको छैन । कसरी घुँडामा भ्वाङ पर्नु !’ उनले आफूले नेपालको सार्वभौमिकतालाई सम्मान गर्ने ठाउँमा आफूले भारतलाई ल्याएको पनि दाबी गरे ।
यसअघि सोमबारको संसद बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद थापाले हिजो अरुलाई लम्पसारवादी भन्ने प्रधानमन्त्री केपी शर्मा ओली आज ‘महालम्पसारवादी’ बनेको आरोप लगाएका थिए ।
‘हिजो दुई प्रधानमन्त्री भारतीय प्रधानमन्त्रीसँग कुराकानी गर्न जाँदा सिंगडा बेच्न गएको भनियो, घुँडा टेक्न गएको भनियो,’ थापाले भनेका थिए, ‘ आफूले गर्दा पुण्य अरुले गर्दा पाप ?’
‘हिजो अरुलाई लम्पसार पर्दा घुँडामा घाउ भयो कि भएन भन्ने प्रधानमन्त्रीलाई भारतको जिम्मा लिएर अब भारतले नाकाबन्दी गर्दैन भन्दै गर्दा तपाईंको घुँडामा भ्वाङ पर्यो कि परेन सोध्न पाउने कि नपाउने ?,’ भन्दै थापाले प्रश्न गरेका थिए ।
युवासंघको २८ औं स्थापना दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै ओलीले मोदीको नेपाल भ्रमणका क्रममा कुनै राष्ट्रहित विपरितका सन्धी सम्झौता नभएको दाबी गर्दै भएको कुनै प्रमाण भएर ल्याउन चुनौति समेत दिए ।
उनले आफू नेतृत्वको सरकारले छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्न चाहेको समेत बताए ।
सो क्रममा एमाले नेता झलनाथ खनाल, माधव नेपाल रक्षामन्त्री इश्वर पोखरेल र श्रममन्त्री गोकर्ण विष्टले पनि आफ्नो धारणा राखेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ का मुख्यमन्त्री लालबाबुु राउतले नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा अभिव्यक्ति र अन्य क्रियाकलापका क्रममा आफ्नो मति बिगारेको बताएका छन्।

उनले प्रदेश २ का मुख्यमन्त्रीले मोदी भ्रमणका क्रममा जसरी बोलेका थिए, त्यसरी नबोल्नुपर्ने राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा बताए। मुख्यमन्त्री राउतको बोली नेपाल सरकारको बोली नभएको समेत उनले स्पष्ट पारे।

कार्यक्रममा नेपाल सरकारका तर्फबाट रक्षामन्त्री र परराष्ट्रमन्त्रीले सम्बोधन गरेकोसमेत प्रधानमन्त्री ओलीले बताए।

राजधानीमा मंगलबार युवासंघ नेपालको बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मोदीको स्वागतका क्रममा राउतले आफ्नो मति बिगारेको बताए। उनले राउतले नीति बचाएको हुनसक्ने समेत बताए। नेपाली झन्डा बिगारेको भन्दै पनि उनले राउतको कडा आलोचना गरे। ‘झन्डा किन बिगारेको? मति बिगारेर?’ उनले राउतलाई प्रश्न गरे।

प्रधानमन्त्री गगनसँग पड्किए, ‘गरिखालान् भनेको, विरोधमात्र गर्छन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा आफूले नेपालको हितविपरीत लेखेको वा बोलेको देखाउन चुनौती दिएका छन्। उनले राजधानीमा मंगलबार आयोजित युवासंघ नेपालको २८ औँ वार्षिकोत्सवका क्रममा संसदमा नेपाली कांग्रेसका नेता गगन थापाले सोमबार बोलेका विषयप्रति पनि कटाक्ष गर्दै भने, ‘काङ्ग्रेसका युवा नेता जसले गरी खालान् भनेको त, झन् विरोध मात्र गर्छन्।’

उनले रोचक पाराले सतहमा उठेका सबै विषयलाई सम्बोधन गरे, युवासंघको कार्यक्रममा सम्बोधन गर्दै। ‘एक जनाले आतिएर एक्लाएक्लै भेटेर कुरा गर्नुपर्छ भन्नुभो,’ उनले प्रश्न गरे, ‘मेरो जवाफ छ, एउटा राष्ट्रको हैसियत बचाउन एक्लाएक्लै कुरा गर्न हुन्छ।’

उनले हामी हाम्रो प्राथामिकता आफैँ तोक्ने उल्लेख गर्दै त्यसमा भारतले सहयोगमात्र गर्ने बताए। ‘काङ्ग्रेसलाई त अझै धक्का छ,’ उनले भने, ‘अरु सामाजिक सन्जालमा झुन्डिएका छन्, भात खाने फुर्सद छैन होला।’

उनले आफूले भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्ने बताए। ‘केही दिन पछि चीन जाँदै छु,’ उनले भने, ‘मोदीले हाम्रो सबै व्यवस्था स्वीकार गरेर गएका छन्।’

उनले भ्रष्टाचार नियन्त्रण चाँडै हुने दाबी पनि गरे। ‘सिन्डिकेट पनि तोडियो,’ उनले भने, ‘अरु क्षेत्रको पनि तोडिन्छ।’

उनले मोदी भ्रमणका क्रममा ब्यापारका विषयमा गम्भीर वार्ता भएको पनि बताए।

प्रधानमन्त्री ओलीले युवा संघलाई निर्देशन दिँदै युवाले जे पनि गर्नसक्ने बताए। ‘पबित्र प्रतिस्पर्धामा उत्रिनु पर्छ,’ उनले भने, ‘युवा गतिशील हुनैपर्छ। दौडमा भाग लिनै पर्छ।’

उनले थोत्रो विचार बोकेर युवा नहुने पनि स्पष्ट पारे। उनले आफ्नो सरकार गतिशील भएको दाबी गर्दै त्यसैले आफूलगायत यसमा सहभागी सबै युवा भएको बताए। उनले  झापा आन्दोलन सुरु गर्दा आफ्नो उमेर १९ वर्ष भएको उल्लेख गर्दै त्यसैले सबै राम्रो कामको सुरुवात युवाअवस्थामै गर्नुपर्ने बताए। अनुचित कुरासँग सम्झौता नगर्नुहोस्,’ उनले भने। सामाजिक संजाल देसहितको पक्षमा चलाउन पनि उनले युवालाई आग्रह गरे।

उनले राजतन्त्र ब्युँताउने एउटा प्रयास कुनामा भैरहेको पनि दाबी गरे।  ‘राजनीतिलाई देश र जनताको हितसँग जोडन नसकेर देशको हित गडबड भएपनि होस् भन्दै हिँडेका छन् राजतन्त्रका लागि,’ उनले भने, ‘केही बज्रस्वाठहरु छन् नेपालमा जसले केपी ओलीले राजतन्त्र हटाउन बयलगाडा चढेर अमेरिका जानुजस्तै हो भनेका छन्।

उनले राजतन्त्र ब्युँत्याउन खोज्नेहरुलाई कटाक्ष गर्दै भने। ‘तिनीहरू म राजतन्त्र विरुद्ध लड्दा, म जेलमा बस्दा जन्मेका पनि थिएनन् ह‍ोला,’ उनले भने, ‘देशलाई अँध्यारोमा पुर्‍याएको त्यही राजतन्त्र चाहियो भन्छन्।’

पार्टी एकता अब कुनै पनि बेला हुन सक्छ-प्रधानमन्त्री ओली

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता नहुने आशंका उब्जिएका बेला प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले दुई वा तीन दिनको मिति राखेर कुनै पनि बेला पार्टी एकता हुन सक्‍ने घोषणा गरेका छन्।

पार्टीको भातृ संगठन युवा संघको २८औं स्थापना दिवसका अवसरमा बोल्‍दै  प्रधानमन्त्री ओलीले भने, ‘ प्रधानमन्त्री ओलीले अब तयारी गर्नुपर्ने कुनै विषय नै बाँकी छैन। पार्टी एकताको घोषणका लागि समय लाग्‍दैन।’

प्रधानमन्त्री ओलीले मुलुकको हितमै व्यस्त हुनु पर्दा एकतालाई टुंग्याउन केही समय मात्र लागेको बताए। ‘पार्टी एकता नचाहनेहरुले त्यसको विरोधमा लेखेको लेख्यै छन्। बोलेको बोल्यै छन्। तर तिनीहरुलाई के थाहा अब एकता छिट्टै हुन्छ भनेर ’, प्रधानमन्त्री ओलीले भने।

‘पार्टी एकताको विरोधीहरुले एमाले र माओवादीको फोटो एउटा एकातिर अर्को अर्कैतिर फर्काएर राखेको राख्यै छन् । अव हामी कतातिर फर्किन्छौं त्यो हेर्न सञ्चारकर्मी भोलि ४ बजे बालुवाटार आए हुन्छ’, ओलीले भने । त्यसअघि उक्त कार्यक्रममा एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पनि छिटोभन्दा छिटोभन्दा पार्टी एकता हुने बताएका थिए।

‘ व्यस्तताले गर्दा एकताको प्रक्रिया अघि बढ्न सकेको थिएन तर एकता हुन्न भनेर आशका फैलिएको छ । अब त्यस्तो आशंकाको अन्त्य छिटो भन्दा हुनेछ’, नेपालले भने ।

प्रधानमन्त्री ओलीले जस्तो नेता नेपालले पनि पार्टी एकतामा कुनै पनि समस्या बाँकी नरहेको र सम्पूर्ण तयारी भइसकेको बताए ।

यता, नेता नेपालले मंगलबार बिहान नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग आफूले भेटेको र एकतालाई लिएर भएकोे छलफल सकारात्मक रहेको समेत खुलाए।उनले भने, ‘ एकतालाई निष्कर्षमा पुर्‍याउन  छिट्टै नै एकता समायोजन समितिको बैठक बस्‍न लागेका छौ।’

‘नेकपा एमाले एकतालाई लिएर अत्यन्तै उत्साहित छ। तर एकताका क्रममा हामीले अधिकांसलाई चित बुझाउनु पर्छ। हाम्रो जिम्मेवारी पनि पुर्णरुपमा निभाउनु पर्छ। हामीले म भन्ने होइन। हामी भनेर एकीकृत पार्टीमा काम गर्नुपर्छ’, नेता नेपालले भने । तर नेता नेपालले राष्ट्रियता र लोकतन्त्रको पक्षमा दुबै पार्टीको मत एक हुने पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
चार प्रदेशमा हल्का र मध्यम वर्षाको संम्भावना

    विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो : एमाले

    नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको

परराष्ट्रमन्त्री राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन