प्रधानमन्त्री ओलीमाथि अविश्वास नगर्न भन्दै योगेश भट्टराईले कांग्रेसलाई दिए यस्तो अर्ती



हाम्रो इकोनोमि

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रवादी अडान राख्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आलोचना गरिरहेका बेला सचिव भट्टराईको यस्तो भनाइ आएको हो। मंगलबार काठमाडौंमा अखिल क्रान्तिकारीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता भट्टराईले प्रधानमन्त्री ओलीले संसदमा समेत देशको जिम्मेवारी आफूले लिने भनी दिएको अभिव्यक्ति भरोसायोग्य रहेको पनि उल्लेख गरे।

अनेरास्ववियूका पूर्व अध्यक्ष समेत रहेका भट्टराईले सरकारलाई सचेत गराउन भने विद्यार्थी संगठनहरुको ध्यानाकर्षण गराए। सचिव भट्टराईले देशको शैक्षिक क्षेत्रका मुद्दा सम्बोधनका लागि आवश्यक पहल गर्न पनि विद्यार्थी संगठनहरुसँग आग्रह गरे।

नेता भट्टराईले देशमा आएको परिवर्तनको नेतृत्व विद्यार्थी संगठनहरुको परिश्रमको फल भएको समेत दाबी गरे।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...