युवा संघको कार्यक्रममा श्रममन्त्रीले भने-सरकारले अब सिपालुलाई मात्र विदेश पठाउछ,नजान्नेलाई रोक्छ



हाम्रो इकोनोमि

श्रममन्त्री तथा युवा संघका पू्र्वअध्यक्ष गोकर्ण बिष्टले युवा संघ नेपालको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मुलुकको समग्र विकासका लागि युवा अघि बढ्नुपर्ने र युवासंघ गतिशील हुनुपर्ने बताएका छन्।

उनले हरेक वर्ष ४/५ लाख युवा रोजगारका लागि बाहिरिने उल्लेख गर्दै १ प्रतिशत मात्र सीप बोकेर जाने बताए। ‘सरकारले अब सिपालु बनाएर मात्र बाहिर पठाउने छ,’ उनले भने। ‘त्यसका लागि सरकार निर्मम हुँदै छ। नयाँ नीति आउनेछ। रोजगार ऐन सरकारले ल्याउने तयारीमा जुटिसकेको छ,’ मन्त्री बिष्टले कार्यक्रममा भने।

उनले अधिकतमभन्दा अधिकतम युवालाई आफ्नै मुलुकमा रोजगारी दिलाउन सरकार लागिसकेको समेत जानकारी दिए। ‘साउन १ गतेदेखि न्यूनतम पारिश्रमिक अनिवार्य पाउने व्यवस्था हुने छ। लाखौं खर्च गरेर अध्यन गरेका सरकारी चिकित्सकले राम्रो पारिश्रमिक पाएका छैनन्। यस्तो समस्या सबैमा छ,’ उनले भने।

त्यो समस्या न्यूनीकरणमा सरकार लागिसकेको जानकारीसमेत उनले दिए। मुलुकमै युवालाई राख्न सरकार नयाँनयाँ कार्यक्रमसहित सरकार अघि बढेको पनि उनको दाबी छ। ‘आफ्नो मुलुकमा श्रम गर्न लाज मान्नु हुन्न। युवा संघले शान्ति स्थापनामा महत्त्वपूर्ण भुमिका खेलेको छ। २८ वर्षमा पुग्यो युवा संघ अब परिपक्व भइसकेको छ,’ मन्त्री बिष्टले भने।

उनले संघका कारण रोजगारलाई सबैधानिक हक दिइएको उल्लेद गर्दै युवाको भविष्य लामो हुने पनि बताए। ‘कल्पनामा मात्र हैन, काम गर्नुहोस्, आफ्नो नेतृत्वको विकास हुने गरी। मुलुकको समग्र विकासका लागि युवा अघि बढ्ने हो। युवा संघ गतिशील हुनु पर्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...