सुन काण्डमा मुछेर मुद्दा दायर गरेका सबैले यसरी उन्मुक्ती पाउदै,ज्यान मुद्दा लागेकालाई मात्र कारबाही हुने



हराएको साढे ३३ किलो सुन र सनम हत्या प्रकरणमा पक्राउ परेको ३० जना विरुद्ध थुनछेक बहस जारी रहेको छ ।

राजनीतिक व्यक्तिको सम्बन्ध भएकै कारण उनीहरुलाई जोगाउन राजनीतिक समूहले प्रहरीसँगको सहयोगमा सहज अवतरण गराउने प्रयास गरेको वरिष्ठ अधिवक्ताहरुले बताएका छन् ।

उनीहरुका अनुसार यो मुद्धा निकै कमजोर रहेको छ । प्रहरी र सरकारी वकिलको त्रुटिपूर्ण कार्यका कारण मुद्धामा अभियुक्तहरुले सफाइ पाउने संभावना धेरै रहेको छ ।

फितलो छ मुद्धा
न्यायीक क्षेत्रमा ३ दशकभन्दा लामोसमय विताएका वरिष्ठ अधिवक्ता रमेश कोइरालाले भने, ‘यो मुद्धा संगठित मुद्धामा आउनै सक्दैन । यहाँ क्षेत्राधिकारको कुरै छैन । अभियोग पत्र एउटै भएको अवस्थामा क्षेत्राधिकारको कुरा हुँदैन ।’

मुद्धामा कमजोरी कहाँ देखियो भन्ने सन्दर्भमा उनी भन्छन्, ‘बाहिर होहल्ला भइसकेपछि र राजनीति नेक्ससका कारण मुद्धा यहा ल्याएको हो । यहाँ केही अभियुक्तमाथि ज्यान मुद्धा ठहर्ने र बाँकी मुद्धा केही पनि नठहर्ने स्पष्ट छ ।’ उनले दाबी गरे, ‘हाल अभियुक्तमाथि लगाइएको मुद्धा संगठित अपराधमा आउनै सक्दैन ।’ यसको उठान आफैले बहसका क्रममा गर्ने उनले बताए ।

उनको भनाई अनुसार, पक्राउ परेको मध्ये केहीलाई ज्यान मुद्धामा कार्वाही हुनेछ । साथै सुनको अवस्था नभेटिएको हुनाले पक्राउ परेका अधिकांश अभियुक्त बाहिरिने संभावना देखिएको छ । ८/१० जना जतिमाथि हत्या अभियोग लागेको हुनाले उनीहरु मात्र कारवाहीको भागिदार रहनेछन् ।

भन्सार चोरी पैठारीमा बस्तु अदालतमा उपस्थित हुनै पर्ने प्रावधान भएकाले यस सुन चोरी पैठारीको मुद्धामा प्रमाणका लागि सुन अदालतमा उपस्थित भएको हुनुपर्छ । तर बस्तु उपस्थित नहुँदा काल्पनिक बस्तुको रुपमा मुद्धा चलाउन नपाउने कानुन विज्ञहरुको भनाई छ ।

कोइराला भन्छन्, ‘यहाँ चोरी पैठारीको विषयमा सुन अदालतमा छैन । त्यसकारण यहाँ मुद्धा चल्दैन । सुनको मात्र मुद्धा चलाइएको प्रहरीको हकमा उनीहरुलाई मुद्धा चलाउने अवस्थै छैन । उनीहरुको मुद्धा निकै फितलो रहेको छ ।’

नयाँ संविधान आएपछि एक वर्ष भन्दा बढीको कैद हुने मुद्धाहरु लागि यो मुद्धा अदालत आएको हो । यसअघि यस्ता मुद्धा भन्सार आफैले हेर्ने गरेको थियो ।

अर्को तर्फ सरकारी वकिल जिल्ला न्यायाधीवक्ता पुण्यप्रसाद पाठकको भनाई भने फरक रहेको छ । उनले संगठित अपराधमा जोडिएका कारण उनीहरुलाई यहा मुद्धा चलाउनु परेको स्पष्ट पारे । उनले भने, ‘सुन बरामद नभएको तथापी कारोबार र रजिस्टर सबै यहाँ फेला परेको र हत्या पनि यही भएको हुनाले ज्यान मुद्धा यही चलेको हो ।’

मुद्धा कहाबाट चलाउने भन्ने सन्दर्भमा काठमाडौंस्थित महान्यायाधीवक्ताको कार्यालय, प्रहरी र वरिष्ठ अधिवक्ताहरुबीचको छलफलपछि मोरंगमा दर्ता गरिएको उनको भनाई छ ।

यस मुद्धालाई अन्त्य लगेर दायर गर्ने आधार नभएको उनले स्पष्ट पारे । मुद्धा फितलो रहेको भन्ने चौतर्फी कुरा आइरहँदा उनले स्पष्ट पार्दै भने, ‘सुनको हिसाबकिताब गरेको रजिस्टर यहाँ फेला परेको, सनमको हत्या यँही भएको र अपहरण कर्तव्य ज्यान पनि यही भएको हुनाले यो भन्दा अन्त्य मुद्धा दायर हुने विकल्प छैन ।’

बल न्यायाधीशको कोर्टमा
तर पनि अब इजलास हेरिरहेका जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको कोर्टमा बल रहेको छ । उनको सुझबुझ र विवेकमा धेरैकुरा भर पर्ने बार एसोशिएसन नेपालका केन्द्रीय पार्षद भरत थापाले उल्लेख गरे ।

त्यसैगरी थुनछेक बहस चलिरहँदा अदालतको श्रेष्तेदार नवराज दुलाल आइतबारदेखि बिदामा रहेका छन् । पूर्वनिर्धारित तालिमको कार्यक्रम भएकाले उनी काठमाडौं गएको बताइएको छ ।

थप दुई पक्राउ
यससँगै सोमबार दुईजनालाई यस प्रकरणमा पक्राउ गरिएको छ । झापाका दमकका विनोद अधिकारी र दोलखा चरिकोटका मोतीराम श्रेष्ठलाई सरकारी अनुसन्धानको टोलीले दोश्रो चरणको अनुसन्धानका क्रममा पक्राउ गरेको हो ।

उनीहरु दुवै हुन्डी कारोबारी भएको प्रहरीको आरोप छ । सुन तस्कर प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग सुन खरिद गर्न रकम उपलब्ध गराउँदै आएको बताइएको छ ।

पक्राउ परेका दुवै विरुद्ध जिल्ला अदालत मोङगले पाँच दिनको म्याद थप गरेको छ । प्रहरीका अनुसार मोतीले गोरेलाई सुन खरिदका लागि दुबईमा रकम उपलब्ध गराउने र विनोदले भने स्थानीय व्यक्तिहरुबाट रकम संकलन गर्ने जुटाउने कार्य गर्ने गरेको खुलेको छ ।

बिहीबारसँग थुनछेक बहस सकिने जिल्ला अदालत मोरङको भनाई छ भने त्यसपछि अभियुक्तहरुलाई धरौटीमा लिने, थुनामा राखेर कार्वाही गर्ने सादा तारिखमा छाड्ने भन्ने विषयमा निर्देशन हुनेछ । यस मुद्धामा ७ जना सरकारी वकिलले बहस गरेका थिए भने, प्रतिवादीको तर्फ १ सय बढी वकिलले बहस गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
चार प्रदेशमा हल्का र मध्यम वर्षाको संम्भावना

    विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो : एमाले

    नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको

परराष्ट्रमन्त्री राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन