राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान मणि शाहको निधन



हाम्रो इकोनोमि

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा स्ट्राइकर मणि शाहको सोमबार साँझ निधन भएको छ।

शाहको थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

सन् १९९३ ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले मणिकै प्रेरणामा फुटबलतर्फ स्वर्ण जितेको थियो। उक्त सागमा नेपालले एकमात्र स्वर्ण जितेको थियो।

भारतविरुद्ध भएको फाइनलमा निर्धारित समयको खेल सकिन ३० सेकेन्ड बाँकी रहँदा पाएको फ्री-किकलाई गोलमा परिणत गर्दै हारको संघारमा पुगेको नेपाललाई जोगाएका थिए।

त्यसपछि नेपालले अतिरिक्त समयमा गोल गर्दै पहिलो स्थान हात पार्न सफल भएको थियो। पारिवारिक स्रोतका अनुसार मणी विगत केही वर्षदेखि कलेजोको समस्याले ग्रस्त थिए। बीचमा केही आराम भएका मणीलाई ज्वरो आएपछि शनिबार नर्भिक पुर्‍याइएको थियो।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...